भक्तपुर अस्पतालले सुरु गर्यो आफ्नै फार्मेसी 



Download our app to get more features

भक्तपुर, २४ जेठ । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले आजबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । 

आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छुटमा औषधि लिन पाउने भएका छन् । अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आठ प्रतिशत छुटमा बिरामीले औषधि पाउने व्यवस्थासहित आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको बताए । यसअघि अस्पतालको आफ्नै फार्मेसी नहुँदा अस्पतालसँग भाडामा लिएर बसेको साझा औषधि पसल र बाहिरका निजी फार्मेसीमा विरामीका लागि औषधि किन्नुपर्ने बाध्यता थियो । 

अस्पतालका सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले सरकारको निर्देशनलाई पालना गर्दै सञ्चालनमा ल्याएको अस्पतालको आफ्नै फार्मेसीले २४ सै घण्टा बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधि प्रदान गर्ने बताइन् । रासस 

Last modified on 2017-06-11 14:28:35

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts