टाउकोदुखाइ कम गर्नः हरेक दिन नाडीशोधन
काठमाडौं, २४ जेठ। पछिल्लो समय नेपालका युवापुस्तालाई टाउँको दुख्ने समस्या धेरै नै रहेको पाइन्छ ।
जसले गर्दा नियमित काममा पनि अवरोध भइरहेको दुखेसो उनीहरु गरिरन्छन् । टाउको दुख्ने समस्याको सबैभन्दा प्रमुख कारण अव्यवस्थित जीवनशैली हुन सक्छ । त्यसैले सबैभन्दा पहिले आफ्नै जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । जसले आफ्नो जीवनशैली परिवर्तन गर्न सक्छ, उसले टाउँको दुख्ने समस्याबाट पनि राहत पाउँछ । जीवनशैली परिवर्तन गर्न योगलाई माध्यम बनाउन सक्छौं ।
नाडीशोधन प्राणयाम गर्ने तरिकाबारे योग विशेषज्ञ प्रह्लाद दाहालको सुझाव यस्तो छ :
♦ नाडीशोधन प्राणायाम खाली पेटमा गर्नु उपयुक्त हुन्छ । खाली पेट भएको समयमा बिहान, बेलुका, दिउँसो जहिले गर्दा पनि शरीरलाई फाइदा हुन्छ ।
♦ योग गर्दा हामीले आफूलाई सजिलो लाग्ने आसनमा बस्नुपर्दछ । बस्न सहज र योग क्रियाको क्रममा कुने अवरोध नहुने आसन रोज्नुपर्छ । प्राणायामका क्रममा शरीरलाई चलाउँदा शरीरका सबै अंग राम्रोसँग चलाउन मिल्ने हुनुपर्छ । ढाड, गर्दन सीधा भएन भने गरिरहेको योगविधिले हाम्रो शरीरलाई नकारात्मक असर पार्न सक्छ ।
♦ अबको चरणमा आफ्नो ढाड, गर्दन सीधा पारेर बस्नुहोला ।ढाड गर्दन सीधा भएन भने गरिरहेको योगविधिले हाम्रो शरीरलाई नकारात्मक असर पार्न सक्छ ।
♦ अबको चरणमा दायाँ हातलाई नासिका मुद्रा बनाएर, श्वास दायाँबाट लिई बायाँबाट फाल्नुहोस् । पुनः बायाँबाट श्वास लिई दायाँबाट फाल्नुहोस् । यस्तो अभ्यासलाई दुवै नासिकाबाट गर्नुपर्दछ । यो अभ्यास कमसेकम १० मिनेटसम्म गर्नुपर्दछ ।
♦ यस्तो अभ्यासलाई दुवै नासिकाबाट गर्नुपर्दछ । यो अभ्यास कमसेकम १० मिनेटसम्म गर्नुपर्दछ । यसले गर्दा हाम्रो टाउकोमा अक्सिजन पुर्याउन मद्दत गर्छ ।
♦ यो प्राणायाम बिस्तारै गर्नुपर्दछ। श्वासको सन्तुलन मिलाएर प्राणायाम गर्यो भने टाउको दुख्ने समस्या पूर्ण रुपमा समाधान हुन सक्छ । यो प्राणायाम दैनिक गर्नु फाइदाजनक हुन्छ ।
(आजको नयाँपत्रिका दैनिकबाट )