कोशी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली, सेवाग्राही मर्कामा



Download our app to get more features

पथरी (मोरङ), २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ । 

यसरी सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहँदा जनताले पाउने स्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको सेवाग्राहीको भनाइ छ । नयाँ चिकित्सकलाई करारमा नियुक्ति गर्दा जनताले स्तरीय सेवा नपाउने सेवाग्राही पप्पु मिश्राको भनाइ छ । 

उनी भन्छन्– “नयाँ विद्यार्थीलाई नियुक्ति ग¥यो काम गर्न जान्दैनन्, औषधि लेख्दा गल्ती गर्छन्, त्यसको शिकार जनता हुन्छन् ।” कोसी अञ्चल अस्पतालमा ५३ जना साधारण चिकित्सकको दरबन्दी छ । तीमध्ये ३० जना चिकित्सकमात्रै दरबन्दीमा कार्यरत रहेका छन् । करारमा नियुक्त भएका २२ जना चिकित्सक काम गर्दै आएका छन् । अस्पताल विकास समितिले नियुक्तिमा दुईजना काम गर्दै आएका छन् । अस्पतालमा कायम गरिएको दरबन्दीभन्दा बढी नै चिकित्सक कार्यरत रहँदासमेत सहज तरिकाले पाउनुपर्ने स्वास्थ्य उपचार सेवा नपाइएको सेवाग्राही ३४ वर्षीय सुभाष कामतको भनाइ छ । 

अस्पतालमा कायम गरिएको दरबन्दीमध्ये, १० भन्दा बढी ११आँै तहका चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले आठाँै तहको मेडिकल अधिकृतलाई करारमा नियुक्ति गरेर काममा खटाएको छ । अस्पतालमा १२ वटा विभाग रहेका छन् । ११ आँै तहका दक्ष चिकित्सक विभागीय प्रमेुख हुने प्रावधान छ तर अस्पतालमा करारमा कार्यरत आठाँै तहको मेडिकल अधिकृतलाई विभागीय प्रमुखको जिम्मेवारी सुम्पिने गरेको छ । गत वर्ष अस्पतालमा रु छ करोड ४० लाख अनुदान आएको थियो । यसबाहेक अस्पताललाई टिकट, ल्याब, श्ययाको चार्जबापत करिब रु ६० लाख मासिकरुपमा आम्दानी हुन्छ । 

चिकित्सक कर्मचारीलगायत अस्पतालको भौतिक पूर्वाधारको नाममा रु ८० लाख मासिक खर्च भइरहेको छ । विसं १९४७ मा मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा सञ्चालन भइरहेको सो अस्पताल २०१३ सालमा विराटनगरमा सरेको हो । सुरुमा त्रिभुवन स्मारक अस्पतालको नाममा १० श्ययाबाट सेवा सुरु गरेको अस्पताल पछि कोसी अञ्चल अस्पतालका रुपमा परिणत भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेल देशभरिका सरकारी अस्पतालमध्ये कोसी अञ्चल अस्पताल हरेक हिसाबले सर्वसाधारणलाई सेवा दिने हिसाबले प्रभावकारी रहेको बताए । उनका अनुसार आमा सुरक्षा कार्यक्रम कोसी अञ्चल अस्पतालकोजस्तो सेवा प्रभावकारी अरु कुनै अस्पतालमा छैन । उनले दावी गर्दै भने, “कोसी अञ्चल अस्पताल जत्तिको राम्रो र सबैका लागि पहुँच पुग्ने अरु कुनै अस्पताल छैन ।” रासस 

Last modified on 2017-06-11 16:35:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts