तपाईंका बच्चापनि घाँटी दुख्यो भन्दै कराइरहेका छन् ?  बाथज्वरो त होइन !



Download our app to get more features

काठमाडौ । तपाईंको बालबालिका घाँटी दुख्यो भन्दै कराइरहेका छन् ? शरीरको जोर्नीहरू दुख्ने ज्वरो आउने समस्याले ग्रस्त भएका त छैनन् ? सचेत हुनुहोस्, बालबालिकालाई बाथज्वरो आएको हुनसक्छ । जुन समस्याले बालबालिकालाई गम्भीर अवस्थामा समेत पु¥याउन सक्छ ।

विशेषगरी बालबालिका तथा युवालाई बढी प्रभावपर्ने उक्त बाथज्वरोका कारण हाम्रो जस्तो अविकसीत देशमा वर्षेनी धेरै बालबालिका अकालमा ज्यान गुमाइरहेका छन् । त्यसैले यस्तो समस्यालाई सामान्य रूपमा नलिन विज्ञहरूले सुझाव दिएका छन् । बालबालिकामा यस प्रकारका लक्षणहरू देखिदै उपचारतर्पm ध्यान दिएन भने बाथज्वरो बढ्दै बाथमुटुको रोग भएमा यसले मुटुको भल्वलाई गम्भीर क्षती पु¥याउँछ, जसले गर्दा बच्चाले जिवनभरी औषधि खानुपर्ने, सुई लगाउनुपर्ने वा मुटुको भल्व नै फेर्नुपर्ने जटिलता पनि आउँछ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका अनुसार बालबालिकालाई मुटुसम्बन्धी मुख्यतया २ वटा समस्याहरू देखा पर्छन् । त्यसमध्ये एउटा मुटुमा प्वाल पर्ने समस्या हो जुन जन्मजातै हुन्छ यसलाई जनमौटे पनि भनिन्छ । अर्कोचाहीँ जन्मिसकेपछि मुटुको भल्व बिग्रने समस्या हो । खासगरी विद्यालय जाने उमेरका केटाकेटीहरूमा यो समस्या देखापर्छ । यसलाई ¥युमाटिक हार्ट डिजिज पनि भनिन्छ । बालबालिकामा जन्मजात मुटुको प्वाल पर्ने समस्या भन्दा पनि विद्यालय जाने उमेर (३ देखी १५ वर्ष) समूहका बालबालिकालाई बाथज्वरो भई बाथ मुटुको रोग बढी देखिने भएकाले यो सबैकालागि बढी चिन्ता र चासो बनिरहेको छ ।

के हो बाथज्वरो?
प्रायजसो ३ देखि १५ वर्ष उमेरसमूहका स्कुले बालबालिकालाई बढी मात्रामा सताउने वाथ ज्वरो बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस ग्रुप ‘ए’ नामक कीटाणुको संक्रमणले गर्दा हुने गर्छ । मानव शरीरमा उक्त कीटाणुको प्रवेशले घाँटीमा असर पु¥याउँछ । जसका कारण घाँटी दुख्नुका साथै हातखुट्टाका जोर्नीहरू पनि दुख्न थाल्छ । घाँटी दुखेर ज्वरो आउने तथा जोर्नीहरू दुख्ने समस्यालाई समयमै उपचार गरेन भनेपछि गएर मुटुलाई नराम्ररी असर गर्ने र विस्तारै बाथ मुटुको रोग बन्ने डा. भट्टराई बताउछन् ।

घाटीको संक्रमणबाट भल्व बिग्रन सक्छ 
प्रायजसो बालबालिकाको समय–समयमा घाटी दुख्ने समस्या देखा परिरहने गर्छ । चिसोको कारणले दुखेको ठानी कतिपय अभिभावकहरूले हेलचेक्राईं गर्नै गरेको गर्छन भने कतिपयले नजँचाई औषधि पसलमा गई मनलागी औषधि खुवाइरहेको पाइन्छ । जसले गर्दा समस्याको पहिचान हुनुभन्दा रोग बढाउन झन मद्दत पुगिरहेको पाइन्छ । सबै प्रकारको घाँटी दुखाई सामान्य नहुने मुटुरोग विशेषज्ञ डा. भट्टराई बताउछन् । उनका अनुसार बालबालिकालाई फेरिन्जाइटिस भन्ने घाँटी दुख्ने समस्या देखा पर्छ । घाँटी दुख्ने रोगमध्ये ८० प्रतिशत बिटा हेमोलाइटिस स्ट्रेप्टोकोकस भन्ने जीवाणुको कारण हुने गर्छ । बेलैमा सहि उपचार नभएमा यसबाट बालबालिकाको मुटुको भल्व बिग्रन सक्छ ।

एक अध्ययनका अनुसार स्कुल जाने बालबालिका मध्ये ३ प्रतिशतमा बाथज्वरो आउँछ । बाथज्वरो हुँदा जोर्नी दुख्ने र सुन्निने हुन्छ । जोर्नी दुख्ने प्रकृया पनि सरुवा प्रकृति हुन्छ । पहिले कुनै भाग दुख्छ भने अर्को पटक अर्कैभागमा दुख्ने हुन्छ । 

बाथज्वरोले झण्डै आधा बिरामीको मुटुको भल्वमा आक्रमण गर्छ । कतिपय मुटुका भल्व बिग्रीएका बिरामीहरूमा लक्षण नै नदेखिने हुन्छ । तर भल्व बिग्रदा अधिकाशं बिरामीहरूमा देखिने पहिलो लक्षण नै घाँटी दुख्ने, बाथज्वरो आउने भएको विज्ञहरूले बताएका छन् । तर बाथज्वरोले मुटुमा असर पारीसकेको छ भने यो धेरैजसो अवस्थामा स्थायी रूपमा नै रहने गर्छ । बिग्रिएका भल्भहरूको औषधि उपचार गरेर पूनः पुरानै स्थितिमा ल्याउन सम्भव नहुने भएकाले समयमै सचेत हुनु अत्यन्त जरुरी छ । 

बाथमुटुको रोग अन्य रोगजस्तो औषधिले पूर्णतया निको हुदैंन । बाथ मुटुको रोग एकपटक लागिसकेपछि उपचारबाट निर्मूलपार्न सकिंदैन । यसले मुटुका भल्वहरूलाई स्थायी रूपमा नै क्षतिग्रस्त पारिसकेको हुन्छ । यस रोगको उपचार गरी रोग निको पार्ने भन्दा पनि रोग बढ्न नदिनतर्पm केन्द्रीत रहेको छ । बाथज्वरोको उपचार पछि पनि पटक–पटक फर्कन सक्छ । यो रोगको उपचारका लागि रोगको प्रकृति हेरेर घाँटीमा असर गर्ने कीटाणुले मुटुसम्म पुगी मुटुलाई एट्याक्ट गर्ने भएकाले शुरूमै ध्यान पु¥याउनु अत्यन्तै जरुरी छ ।

मुटुको उपचार आर्थिक दृष्टिकोणले पनि एकदमै महँगो मानिन्छ भने शारीरिक हिसाबमा पनि एकदमै जोखिमपूर्ण हुन्छ । त्यसकारण सामान्य घाँटी दुख्नासाथ समयमै स्वास्थ्य संस्थामा पुगी परामर्श लिन सकेको खण्डमा ठूलो आर्थिक तथा सामाजिक क्षतिबाट बच्न सकिन्छ । 

Last modified on 2017-06-11 16:38:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts