ज्वरो आउँदा बच्चा एक्कासी किन काँप्ने र बेहोस हुने गर्छन ? (भिडियो सहित)
बच्चामा देखिने समस्यामध्ये एउटा हो,ज्वरो आउँदा काँप्ने र बेहोस हुने । किन बच्चालाई ज्वरो आउँदा काँप्ने र बेहोस हुने समस्या देखिन्छ, बालरोग विशेषज्ञ डाक्टर शोभा श्रेष्ठ यसो भन्छिन् ...
तुलनात्मक रुपमा अन्य उमेर समुहका मानिसमा भन्दा बच्चाहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । उनीहरुको शारीरिक र मानसिक विकास परपक्व भैसकेको हँुदैन । कुनैपनि संक्रमण भैहाल्यो भने बच्चाहरुलाई छिट्टै शिथिल पार्छ । यसमध्ये बच्चाहरुमा धेरै देखापर्ने समस्या हो ज्वरो आउँदा काँप्ने र बेहोस हुने । ज्वरो आफैमा कुनै रोग हैन । यो त कुनै रोगको लक्षण मात्र हो । धेरै ज्वरो आयो भने मात्र बच्चाहरु काँप्ने र बेहोस हुने गर्छन्:
बच्चा काँप्ने र बेहोस हुने प्रमुख कारण:
धेरै कारणले बच्चामा बेहोस हुने र काँप्ने हुन्छ ।
मूख्यतः
- दिमागको संक्रमण वा मेनेन्जाइटिस् हुँदा ।
- इन्सेफ्लाइटिस् हुँदा ।
- फ्वराइलसिजम हुँदा ।
- अन्य संक्रमण हुँदा ।
यो बाहेक क्षयरोग हुँदा पनि बच्चा काँप्ने र बेहोस हुने हुन्छ । तर त्यसलाई ज्वरोको कारणले यस्तो भएको मानिदैन ।
लक्षण:
यो आफैमा कुनै रोगको लक्षण हो । यद्यपी ज्वरो आउँदा काँप्ने र बेहोस हुनुभन्दा अघि अत्यन्तै ज्वरो आउने हुन्छ । साथै,
- काँप्ने ।
- मुखबाट फिज निकाल्ने ।
- हातखुट्टा तनक्क तन्काउने ।
- अनुहारको रंग फिक्का हुने ।
- आँखामाथि माथि हेर्ने ।
- एकैछिनमा धेरैै वा थोरै ज्वरो आउने ।
यस्तो समस्या १ देखि ५ वर्षका बच्चाहरुमा बढी देखिन्छ ।
अभिभावकले सावधानी अपनाउनु पर्ने कुरा:
बच्चाको दिमागमा असर गरेर नै काम्ने वा बेहोस हुने समस्या देखिएको हो । यस्तो अवस्थामा अभिभावकले हेल्चाक्र्याईं गर्नुहुँदैन । एकछिनमा आफै ठीक भैहाल्छनी भनेर । केही खुवाउनु पनि हुँदैन । खुवाउँदा सर्केर श्वास नलिमा गयो भने बच्चाको मृत्यु समेत हुने खतरा बढ्छ । यसको असर पछिसम्म पनि संभावना रहेकाले सम्भव भएसम्म छिटो चिकित्सककोमा लैजानु पर्छ ।
डा. श्रेष्ठको सुझाव भिडियोमा हुेर्नुहोस् ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।