नयाँ दुई माग थप्दै डा. केसीले गरे पुनः अनसन स्थगित
काठमाडौँ, २० जेठ । त्रिबी शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले अनसनको कार्यक्रम चौथापटक पुन स्थगित गरेका छन् । आज ४ बजे अनसन बस्ने घोषणा गरेका डा. केसीले थप दुइवटा नँया माग अघि सार्दै अनसनको कार्यक्रम थप दुइदिन पर सारेका हुन् ।
केहि दिन अघि बिगतमा भएका सम्झौता कायान्वयन गर्न र प्रधान न्यायधीश सुशीला कार्की माथिको महाअभियोगको प्रस्ताव खारेज हुनुपर्ने माग राख्दै डा केसीले ११औं अनसन बस्ने घोषणा गरेका गरेका थिए ।माग पुरा गर्ने बिषयमा सरकार सकरात्मक रहेको भन्दै स्वास्थ्य मन्त्री गगन कुमार थापाले अनसन स्थगित गर्न अनुरोध गरेसगै तेश्रो पटकसम्म अनसन सार्दै आएका थिए ।
गत बुधबारको मन्त्रिपरिषदको बैठकले डा. केसीसगंको सम्झौता बिपरित बी एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गरेपछि तेश्रोपटक आज अपरान्न ४ बजे देखि अनसन बस्ने घोषणा गरेका थिए । तर शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले सम्वन्धन दिने प्रक्रिया खारेज गरेपछि पुन अनसनको कार्यक्रम सारेका हुन् ।
आज पुनः विज्ञप्ती जारी गर्दै उनले माग पुरा नभए सोमबारदेखि आफ्नो एघारौँ अनसन सुरु हुने बताएका छन् । ‘आज दिउँसो ४ बजेदेखि सत्याग्रहको कार्यक्रम सुरु गर्ने भनिएकोमा उक्त मागहरु पूरा गर्नको लागि थप ४८ घण्टा (यही सोमबार दिउँसो ४ बजेसम्म) समय दिइएको जानकारी गराउँछु’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस पटकको अनसनमा भने थप दुई नँया माग थप गरेका छन् ।
यस्ता छन् डा. केसीका माग
- चिकित्सा शिक्षा ऐन पारित नहुँदै नयाँ मेडिकल कलेजलाई सम्बन्धनको सैद्धान्तिक सहमति दिने मन्त्री परिषद्को निर्णय तत्काल खारेज गरियोस् ।
- चिकित्सा शिक्षा ऐन तत्काल हामीले दिएका सुझाव सहित पारित गरियोस् ।
- आइओएममा सहायक डिन र क्याम्पस प्रमुख पदमा तत्काल वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विद्यार्थी भर्ना र शुल्क निर्धारण सम्बन्धी आइओएमबाट खोसिएका अधिकार तत्काल फिर्ता गरियोस् । स्नातकोत्तर तहमा विशुद्ध योग्यता क्रमका आधारमा शुल्क रु २३,५०,००० कायम हुने गरी भर्ना लिने व्यवस्था गरियोस् । आइओएमलाई तत्काल पूर्ण स्वायत्तता दिइयोस् र थप स्वायत्तता दिने सम्झौता विरुद्ध काम गर्ने त्रिवि पदाधिकारीहरुलाई कारवाही गरियोस् ।
जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>