कान्तीमा नेपालकै पहिलो बाल मनोरोग उपचार केन्द्र बन्ने
काठमाडौ । कान्ति बाल अस्पतालमा नेपालमै पहिलोपटक बाल मनोरोगसँग सम्बन्धित सम्पूर्ण मानसिक स्वास्थ्यलगायतका सेवा दिने उदेश्यले बाल मनोरोग उपचार केन्द्र बन्ने भएको छ ।
बालबालिकाको मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिएर बनाउन लागिएको उक्त भवन शिविन नेपालको सहयोगमा बनाउन लागिएको हो । भवन निर्माणका लागि स्वास्थ्यमन्त्री गगन थापाले शनिबार बिहान शिलान्यास गरेका छन् । कान्ति बाल अस्पतालकै परिसरमा बन्ने उक्त भवन तीन बर्षभित्र बनाउने लक्ष्य राखिएको छ । बाल मानसिक स्वास्थ्य एवं अन्य बाल सब स्पेशीयालिटी भवनको शिलान्यास गर्दै स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारले धेरै काम गर्न जरुरी रहेको क्षेत्र मानसिक स्वास्थ्यको क्षेत्र पनि भएको बताए ।
उनले कान्तीमा निमार्ण हुन लागेको बाल मानसिक स्वास्थ्य एवं अन्य बाल सब स्पेशीयालिटी भवनले भवन निमार्णले अस्पताललाई बिशेषज्ञ सहितको नेपालको पहिलो बाल मनोरोगको उपचार विज्ञ सेवा दिने अस्पतालको रूपमा विकास गर्न ठुलो योगदान दिने बताए । अस्पताल बिकास समितिका सदस्यसचिब तथा अस्पतालका निर्देशक डा. अजित रायमाझीले गत २०७३ माग ७ गते बाल मजदुर सरोकार केन्द्र शिविन र मन्त्रालयबीच कान्तीमा बाल मानसिक स्वास्थ्य एवं अन्य बाल सब स्पेशीयालिटी सेवा सञ्चालन गर्न भवन निमार्णको सम्झौता भएअनुसार भवनको शिल्यान्यास गरिएको बताए । उनले २ बर्षभित्र भवन निमार्ण कार्य सम्पन्न गरि उक्त नवनिर्मित भवन तथा त्यहा सञ्चालन भएको बाल मानसिक बिभाग कान्ति अस्पताललाई हस्तान्तरण गरिने योजना रहेको बताए ।
अस्पतालका बालमनोरोग बिशेषज्ञ डा. अरुण कुवरले करिव १० देखि १५ प्रतिशत बालबालिकामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखापर्ने गरेको बताए । उनले २०७२ सालको भुकम्पपश्चात धेरै बालबालिकाहरुमा मानसिक समस्या देखिएकाले सिविनसँग मिलेर बालबालिकाका लागि मानसिक परामर्श तथा उपचार सेवा दिन मानसिक क्लिनीक सञ्चालनमा ल्याएको बताए । ‘बालबालिकामा भुकम्पपश्चात देखिएको मानसिक समस्या सावधानका लागि तत्काल मनोरोगको उपचार सेवा जरुरत थिया’े, डा. कुवरले भने ‘त्यसबेला देखि सुरु गरिएको बाल मनोरोग उपचार क्निलिक नेपालकै पहिलो क्लिनिक थियो, अगामी दिनमा बाल मानसिक बिशेषज्ञता सेवाको पढाई यहाबाट सुरु भएर नेपालभर सञ्चालन गर्न सकियोस ।’
शिविनकी महासचिब सुम्नीमा तुलधारले दूरदराजका गाउमा स्वास्थ्यचौकीमा सामान्य स्वास्थ्य समस्याको उपचार पाउन घण्टौ हिड्नुपर्ने अवस्थामा बाल मानसिक रोगको अवस्था अझ भयवह रुपमा बढ्दै गएको औल्याइन । उनले सिविनले काम गर्ने क्रममा कतिपय ठाँउमा बालबालिकाहरुलाई मानसिक समस्या देखिएको अवस्थामा घरमा दाम्लोले बाँधेर राख्ने लुकाएर राख्ने गरेको भेटिएको अनुभव सुनाइन् ।
बालबालिकाको मानसिक उपचारको लागि विशेषज्ञ सहितको सेवा कतै नहुँदा बालबालिका तड्पेर रोएको हामीले धेरै देखेका छौ, महासचिब तुलाधरले भनिन,‘कान्तिसँग मिलेर बाल मानसिक रोगको सम्पुर्ण उपचार सेवा दिने उदेश्यले सहकार्य सुरु गर्न पाएकोमा हामी खुसी छौ, यस्ता सेवा नेपाल अधिराज्यभर फैलाउन सके हाम्रो ठुलो उपलब्धि हुनेछ ।
अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यले उनले बालबालिकाकै क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थासगं मिलेर काम गर्नु भनेको अस्पतालले ठुलो उपलब्धिको रुपमा हेरेको बताए । उनले आम नागरिकका बालबालिकाको सहज उपचारका लागि कान्तिलाई बिकास गरिँदै लगिएको र अगामी दिन पनि थप बिशेषज्ञ सेवा थप गरिदै लैजाने बताए ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>