सुडानमा झाडापखालाका कारण १० महिनामा २ सय ६५ जनाको मृत्यु
खार्तुम (सुडान), २० जेठ । सुडानमा गत अगस्त महिनादेखि अहिलेसम्म झाडापखालाका कारण २ सय ६५ जनाको मृत्यु भएको जनाइएको छ ।
सुडानी स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले देशका ११ वटा राज्यमा पछिल्लो १० महिनाको अवधिमा झाडापखालाबाट १६ हजार १ सय २१ व्यक्ति प्रभावित भएकोे बताए ।
उनले दूषित पानीबाट हुने झाडापखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षात्को बेला झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्ने बताए ।
मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५१२ जना बिरामी भएको तथ्याङ्क पाइएको छ ।
त्यसैगरी ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ । त्यहाँ चार हजार ४ सय ७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा परेको सिनार राज्यमा दुई हजार ४०१ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८ सय ७८ जना प्रभावित भएका छन् ।
रेड सि प्रदेशमा एक हजार १३७ जना प्रभावित भएको र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९८२ जना प्रभावित भएका छन् ।
मन्त्रीले पानीका स्रोतहरुको अवलोकन गरी सफा बनाउनेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>