बीएण्डसी लगायत मेडिकल कलेजलाई सम्बन्धन दिने मन्त्रिपरिषद्को यसअघिको निर्णय खारेज



Download our app to get more features

काठमाण्डौ, १९ जेठ । मन्त्रीपरिषद्ले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने यसअघिको गरेको निर्णय खारेज गरेको छ ।

शुक्रवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बीएण्डसी मेडिकल कलेज लगायत अन्य तीनवटा मेडिकल कलेजलाई सम्बन्धन दिने यसअघि गरेको निर्णयबाट पछि हट्दै चिकित्सा शिक्षा ऐन नआञ्जेल थप कुनैलाई सम्बन्धन नदिनेपनि निर्णय गरेको हो । 

बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले निर्णय फिर्ता नलिए डा. गोविन्द केसीले भोलिदेखि अनशन थाल्ने र परिस्थिति जटिल बन्ने भन्दै निर्णय पुनर्विचार गर्न प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गराएपछि प्रधानमन्त्री सहमत भएको स्वास्थ्य मन्त्री थापाका प्रेस सल्लाहकार जीवन भण्डारीले जानकारी दिए । 

संसदमा रहेको चिकित्सा शिक्षा ऐन अन्तर्गतमात्र सम्बन्धन प्रकृया थाल्ने सरकारको निर्णयले सम्बन्धनको पर्खाइमा रहेका कुनै मेडिकल कलेजले तत्काल सम्बन्धन नपाउने देखिएको छ । यसअघिको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्री गगन थापालाई पत्तै नदिई सम्बन्धन सम्बन्धी निर्णय गरिएको भन्दै मन्त्री थापाले सार्वजानिक असहमति व्यक्त गरेका थिए ।
 

के गर्लान गोविन्द केसी ? 
यस्तै सरकारको यो निर्णय आएसँगै डा. गोविन्द केसीले शनिवारदेखि बस्ने भनिएको अनशन पुनः रोकिने भएको छ । यो बीचमा डा. केसीले विभिन्न पटक अल्टिमेटम दिँदै म्याद सार्दै आएका थिए । सातादिन अघि अनशन बस्न भन्दै दाङ्ग पुगेका केसी पहिलो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको ठोस प्रकृया अघि बढेपछि अनशन स्थगन गर्दै काठमाण्डौ आएका थिए । सरकारले पुनः केसीसँग भएको सम्झौता बिपरित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने लगायतका निर्णय गरेपछि केसीले बिहीवार विज्ञप्ति निकालेर शनिवार ४ बजेसम्मको समयसीमा दिएका थिए । 

उनको मुख्य असहमति रहेको बीएण्डसी मेडिकल कलेजले सम्बन्धन नपाउने भएपछि केसीको उनी तत्काल अनशन नबस्ने देखिएको हो ।

फाइल फोटो

Last modified on 2017-06-11 17:35:51

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts