दुर्गममा काम गरेबापत पीजी पढ्ने डाक्टरले पाउने अंक घटाइएपछि सरकारी चिकित्सक आक्रोशित
काठमाण्डौ, १८ जेठ । सरकारको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्थायी सरकारी चिकित्सकको उम्मेदवारहरुले एमडीएमएसको प्रवेश परीक्षामा दुर्गममा सेवा गरेबापत पाउने अंक घटाइएपछि सरकारी चिकित्सक संघले आक्रोश व्यक्त गरेको छ ।
संघले प्रतिष्ठानका डीनलाई ज्ञापनपत्र बुझाउँदै यसअघि दुर्गममा काम गरेबापत अधिकतम २० अंक पाउने प्रावधानलाई मेटेर अधिकतम १० अंक दिने सूचना आएको भन्दै त्यसको विरोध गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकै प्रावधानका कारण स्वास्थ्य मन्त्रालय अन्तर्गत अध्ययनरत बिद्यार्थी सरकारी कोटामा स्नात्तकोत्तर अध्ययन गर्नुपूर्व दुर्गम र अतिदुर्गम जाने गरेको भन्दै पछिल्लो कदमले विद्यार्थी दुर्गम जान निरुत्साहित हुने संघको ठहर छ ।
संघले हाल दुर्गममा रहेका, दुर्गम बसेर आएकाको भावनाको सम्मान गर्न र भविष्यमा दुर्गम जान विद्यार्थीलाई आकर्षित गर्नका लागि पुरानै अंकको प्रावधान कायम राख्न माग गरेको छ । उसले मागहरु तत्काल सम्बोधन नभए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रतिष्ठानका डीन प्रा.डा यहुनचन्द्र शिवाकोटीले मन्त्रालयले भनेअनुसार नै अंक घटाइएको र छलफल गरेर त्यसलाई संशोधन गर्नसकिने आश्वासन दिएको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले हाम्रो डक्टरलाई जानकारी दिए ।
अंक कटौतिसहित प्रतिष्ठानले निकालेको सूचना यस्तो छ ।
संघले डीनलाई बुझाएको ज्ञापनपत्र यस्तो छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।