रमजानमा खानपीन गर्दा यी सावधानी अपनाउनुस्.....



Download our app to get more features

मुस्लिम धर्माबलम्बिहरुको महान पर्व रमजान अर्थात् रोजाको पवित्र महिना अहिले चलिरहेको छ । एक महिनासम्म रोजा बस्ने मानिसहरु दिनभर केही नखाई र पानी पनि नपिई बस्ने गर्छन् । यस्तोमा चिकित्सकहरुले भन्छन्, जो व्यक्ति बिरामी छन् उनले रोजा नगरे हुन्छ । किनभने कुनै पनि रोगले तपाई ग्रसित हुनुहुन्छ भने त्यसलाई सामान्य रुपमा कहिल्यै लिनु हुँदैन । यस अवस्थामा चिकित्सकको सल्लाह अनुसार मात्र रोजा बस्नु र आफ्नो खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । रोजाको समयमा पानी पिउँदैनन् जस कारण यो समयमा डिहाइड्रेशनको खतरा बढी हुन्छ । त्यसैले डिहाइड्रेशनबाट जोगिन तपाईले यी कुरामा ध्यान दिनु आवश्यक हुन्छ :

रातो मासु (रेड मीट) को साटो तपाईँ कुखुराको मासु खान सक्नु हुन्छ । तर, धेरै मात्रामा खानु भन्दा थोरै खानु राम्रो हुन्छ । ड्राई फ्रूट्समा बदाम र ओखर खानु तपाईँको स्वास्थ्यको लागि राम्रो हुन्छ । रोजा खोलिसकेपछि चिया र कफी कमै पिउने ।

डिहाइड्रेशनबाट जोगिनका लागि रोजा खोल्ने बेलमा सबैभन्दा पहिले पानी पिउनु पर्छ । कागती पानी र नरिवल पानी पिउनु सबैभन्दा राम्रो विकल्प हो । रातो मासु (रेड मिट) सके सम्म नखानुस किनकी यसले कोलेस्ट्रोल बढ्छ, जुन मुटुको लागि र मुटु रोगीको लागि समस्या उत्पन्न गराउन सक्छ ।

यदि तपाईको कोलेस्ट्रोल बढ्ने गर्छ र तपाईँ अन्डा खानु हुन्छ भने अन्डाको पहेँलो भाग नखानुस् । खजूर, दाल, जाउलो, बिरयानी खान सक्नु हुन्छ । तर, पिरो, मसालेदार र धेरै तारेको परिकार पनि नखानुुस् । किनकी खाली पेटमा यी सब खानाले जलन हुन सक्छ । साथै यसले एसिडिटी पनि हुन्छ । यस्ता परिकार खाँदा ब्लड प्रेशर रोगिहरुले भने नुन कम खानु राम्रो हुन्छ ।

रोजा खोल्नका लागि खजूर सबै भन्दा राम्रो मानिन्छ । खजुर बाहेक तपाईँ जे पनि खानु हुन्छ त्यो कमै खानुस् । विशेषज्ञहरुका अनुसार, जब हामी केही खान्छौँ त्यसले हाम्रो शरीर भित्र टक्सिन्स बन्न थाल्छ, जसलाई बाहिर निकाल्नु जरुरी हुन्छ । त्यसैले खाली पेट भएको हुँदा जे पनि खानु हुन्छ त्याये कम तर स्वस्थकर हुनु पर्छ ।

अहिले गर्मी धेरै नै बढ्दो छ । त्यसमाथि रोजा गर्नेहरुले जब रोजा खोल्छन् त्यसबेला आवश्यक्ता भन्दा बढी खाना खाने गर्छन् । जसको सिधा असर आन्द्रामाथि पर्ने हुन्छ । शरीर एउटा मसिन जस्तै हो । यदि पुरै दिन तपाईँले केही पनि खानु भएको छैन् भने साँझको समय एकैपटक धेरै खानाले शरीरले राम्रो सँग काम गर्न सक्दैन । त्यसैले रोजा खोल्ने समय सँधै हल्का तर स्वस्थकर खाना खानु तपाईँको स्वास्थ्यको लागि राम्रो हुन्छ । 
 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 12:44:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts