मेडिकल कलेज सञ्चालन गर्न डा. केसीले पहल गर्ने



Download our app to get more features

धनगढी, १८ जेठ । त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताएका छन् । 

कलेज भवनको निर्माण कार्यबारे जानकारी लिन बुधबार गेटा पुगेका डा. केसीले  पत्रकारसँग कुरा गर्दै माफियासँग मिलेर केही नेताले कलेज निर्माणको प्रक्रिया रोक्न खोजेकामा आफ्नो दबाबपछि शिलान्यास भई निर्माण कार्य अघि बढेको दाबी गरे । 

उनले माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्ने काम बन्द गराउन आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरे । 

साबिक गेटा गाविसको गेटी गाउँमा मेडिकल कलेज निर्माणाधीन रहेको छ । चालु वर्षमा एक÷एकवटा कलेज भवन र अस्पताल भवन निर्माण भइरहेको छ । यसका लागि चालु वर्षमा रु ५० करोड बजेट विनियोजन गरिएको थियो । रासस
 

Last modified on 2017-06-14 12:45:00

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts