सूर्तिजन्य पदार्थ नियन्त्रणमा भूमिका खेलेबापत दक्षिण एशियाका तीनजना मन्त्री पुरस्कृत
काठमाडौं, जेठ १७ । विश्व स्वास्थ्य संगठनले विश्व धुमपान विरुद्धको दिवसको अवसरमा सुर्तिजज्य पदार्थ नियन्त्रण गर्न विशेष प्रभावकारी भुमिका खेलेवावत दक्षिण एसियाली देशहरु भारत, माल्दिभ्स र भुटानका स्वास्थ्यमन्त्री एवं बंगलादेशको सांसद र श्रीलंकाका दुई संस्थालाई पुरस्कारद्धारा सम्मानित गरेको छ ।
पुरस्कार प्राप्त गर्नेमा भारतको स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जे पि नड्डा, माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला नाजीम इब्राहिम, भुटानका स्वास्थ्यमन्त्री तन्दिन वाङ्गचुक, बंगलादेशका सांसद सबेर हुसैन चौधरी, श्रीलंकाका थाई स्वास्थ्य संवर्धन फाउण्डेसन प्रमुख कार्यकारी अधिकृत डा.सुप्रेदा अदुल्यनन् र श्रीलंकाकै राष्ट्रिय सुर्ति तथा रक्सि नियन्त्रण प्राधिकरण रहेका छन् ।
दक्षिण पूर्वी एसिया क्षेत्रिय निर्देशक डा.पूनम क्षेत्रपाल सिंहका अनुसार निर्देशकले दक्षिण पूर्वी एसियाका तीन देशका स्वास्थ्यमन्त्री तथा संघसंस्थाहरुले आफ्नो नेतृत्वमा सुर्ती नियन्त्रण गर्न अग्रिम गर्न प्रतिबद्धतामा विशेष भुमिका खेलेवापत विश्व सुर्तिजन्य पदार्थ रोकथाम दिवसको अवसरमा उक्त पुरस्कार दिइएको हो ।भारतको स्वास्थ्य मन्त्रालयलाई सुर्तिजन्य पदार्थ नियन्त्रणमा विशेष मान्यता दिनुका साथै स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जे पि नाड्डाले उक्त पुरस्कार पाएका हुन् ।
क्षेत्रीय निर्देशक डा.क्षेत्रपालका अनुसार स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जे.पि.नड्डाले सुर्तीको प्रयोगले बहुस्वास्थ्य, आर्थिक, सामाजीक र विकाशमा पर्ने असरहरुको विरुद्ध कडा नियन्त्रणका उपायहरु अवलम्बन गरेका थिए ।मन्त्री नड्डाले गत वर्षको अप्रिलबाट सकै सुर्तिजन्य पदार्थको खोलमा ८५ प्रतिशत अनिवार्य चेतावानियुक्त चित्र राख्नुपर्ने नियम लागु गरेका थिए । त्यस्तै, सन् २०१५को अन्त्यमा राष्ट्रिय तम्बाकु प्रयोगशालाको स्थापनासमेत गरेका थिए । उनले भारतमा सुर्तिजन्य पदार्थ सेवन गर्नेको र छोड्ने आंकडासमेत निकालेका थिए । डब्लुएचआले यि सबै कार्य उनले आफ्नो कडा प्रतिबद्धतासहित कार्यान्वयन गरेको उल्लेख गरेको छ ।
त्यस्तै, डब्लुएचओले माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला नाजीम इब्राहिमलाई सुर्तिजन्य पदार्थ सेवनलाई निरुत्साहित र आफ्नो सुर्ति सेवन विरुद्ध ‘म जिन्दगी रोज्छ’ु भन्ने चुनावी अभियान चलाएवापत पुरस्कारद्धारा सम्मानित गरेको हो । भुटानका स्वास्थ्यमन्त्री तन्दिन वाङ्गचुकलाई नार्कोटिक कन्ट्रोल अर्थोरिटिको अध्यक्षमा रहि देशभरी सुर्ति उत्पादन र बिक्रि बितरणमा प्रतिबन्ध लगाएवापत पुरस्कार दिइएको डब्लुएचओद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेशका संसद सबेर हुसैन चौधरीलाई दिगो विकासको लागि सुर्तिजन्य पदार्थमा कर बृद्धिको वकालत र सन् २०१५ मा पञ्च वर्षिय योजनामा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि कार्यक्रम समावेस गर्न सफल भएवापत पुरस्कार दिइएको छ ।
श्रीलंकाका थाई स्वास्थ्य संवर्धन फाउण्डेसन प्रमुख कार्यकारी अधिकृत डा.सुप्रेदा अदुल्यनन् र श्रीलंकाकै राष्ट्रिय सुर्ति तथा रक्सि नियन्त्रण प्राधिकरणले यस वर्षको सुर्तिजन्य पदार्थ विरुद्ध दिवसको पुरस्कार पाएका छन् । क्षेत्रीय निर्देशक डा.क्षेत्रपालले पुरस्कार प्राप्त गर्ने सबैको प्रंशसा गर्दै भनिन् ‘सुर्तिजन्य पदार्थ नियन्त्रणमा सबै देशरुले प्रभावकारी भुमिका खेलेका छन् । सबै देशहरुले मिलेर यस कार्यमा सक्रियतापुर्वक लागरे एकै समयमा देहको उन्नति र सार्वजनिक स्वास्थ्यमा उल्लेखनिय प्रगति गर्ने प्रयास गर्दैछन् । यस कार्यले सुर्तिजन्य पदार्थको खपतलाई निरुत्साहित मात्रै होइन सामाजीक, आर्थिक र पर्यावरणीय खतरा कम र सार्वजनिक स्वास्थ्यमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ ।’
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।