इवामुराद्वारा पित्तथैलीको शल्यक्रिया शिविर सञ्चालन



Download our app to get more features

भक्तपुर, १७ जेठ । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालले दुई महिने पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया शिविर सञ्चालन गरेको छ । 

आज अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका व्यवस्थापक रञ्जीत मारिकुले आर्थिक अभाव र जनचेतना नहुँदा वर्षौंदेखि पित्तथैलीको पत्थरीको समस्या लिएर बसेका बिरामीको उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको बताए । गत वैशाख १५ गतेदेखि एक महिने शिविर सञ्चालन गरेकोमा बिरामीको चाप बढेपछि असार १५ गतेसम्मका लागि शिविर थप गरेको उनले जानकारी दिए । 

अत्याधुनिक दूरबीन प्रविधिबाट गरिने शल्यक्रिया शिविरमा बिरामीको चाप बढेपछि अस्पतालले एक महिना शिविर थप गरेको उनले बताए। शिविरमा एक महिनाको अवधिमा २० जनाको पित्तथैलीको शल्यक्रिया भएको छ । शिविरमा भक्तपुरलगायत धादिङ, झापा, गोरखा, जनकपुर र बुटवलका बिरामी आएको बताउँदै अस्पतालका अर्का व्यवस्थापक जीवन मारिकुले शिविरमा चार जना विशेषज्ञ चिकित्सकसहितको टोलीले सेवा पु¥याएको बताए । 

शिविरमा आउनेमा ८० वर्ष उमेर माथिका बिरामीको सङ्ख्या धेरै रहेका छन् । अस्पतालले छुट्टै डेक्स नै स्थापना गरेर जनचेतना एवम् परामर्शसमेत दिन थालेको व्यवस्थापक मारिकुले जानकारी दिए । रासस 

Last modified on 2017-06-14 12:48:52

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts