उपचार कोषलाई ५२ हजार



Download our app to get more features

भद्रपुर (झापा), १७ जेठ । झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि रु ५२ हजार प्रदान गरेका छन् । 

समाजसेवी कन्दङ्वाले मङ्गलबार उक्त रकम नेपाल पत्रकार महासङ्घ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । 

श्री कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन पत्रकार महासङ्घले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । रासस 
 

Last modified on 2017-06-14 12:51:43

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts