सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्ने कानून फितलो भएको सरोकारवालाको निश्कर्ष



Download our app to get more features

काठमाडौ, १६ जेठ । सूर्तिजन्य  पदार्थको सेवनले नेपालमा वर्षेनी झण्डैै १५  हजार भन्दा बढि मानिसको मृत्यु भइरहेको भन्दै यसलाई रोक्न सरकार गम्भिर भएर लाग्नुपर्ने सरोकारवालाहरुले औल्याएका छन् ।  

बिश्व धुमपान तथा सुर्तिजन्य पदार्थ रहित दिवसको पुर्वसन्ध्यामा सुर्तिजन्य पदार्थको नियन्त्रणमा सक्रिय रुपमा काम गदै आएको भनिएको संस्था एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सुर्तिजन्य पदार्थको नियन्त्रणमा रहेका कमजोरीका बारेमा चर्चा गरेका हुन् । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनका लागि यथेष्ट कानुनी ब्यवस्था भएपनि त्यसको कार्यान्वयनको पक्ष निकै फितलो भएको भन्दै त्यसलाई तत्काल कार्यन्वयनमा ल्याइ सुर्तिजन्य पदार्थको नियन्त्रण गर्न उनीहरुले सरकरालाई आग्रह गरे ।  

व्यवस्थापिका संसद महिला बालबालिका समाजकल्याण तथा जेष्ठ नागरिक समितिका सभापति रन्जु झा ठाकुरले धुम्रपानमात्र नभएर गुट्खा खानेको संख्या अत्याधिक रहेकाले त्यसलाई पनि निरुत्साहित गर्नुपर्ने बताइन् । सभापति झाले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालले पनि विश्व स्वास्थ्य संगठनले तोकिए बमोजिम कम्तिमा ७० प्रतिशत कर पुर्याउनुपर्ने बताइन् ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले आफ्नै पालामा बनाइएको नीति नियम तथा सुर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत चेतवनीमुलक चित्र अकिंत सन्देश राख्नुपर्ने व्यवस्था अहिलेको स्वास्थ्य मन्त्रीले कार्यान्वयन गराउन नसकेको भन्दै आक्रोश पोखे । उनले अहिलेका मन्त्रिले झिल्के कुरामात्र गर्ने गरेको तर बनिसकेका कानून पनि लागू गराउन नसकेको आरोप लगाए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले  नेपाल सरकारले सूर्तिजन्य पदार्थको सेवनमा उल्लेख्य काम गरेकै कारण अन्तराष्ट्रिय अवार्ड समेत पाइसकेको बताए । ‘सरकार सुर्तीजन्य पदार्थको बिक्री बितरणमा नियन्त्रणमा नै केन्द्रित छ, खड्काले भने ‘यसैबर्ष सुरु भएको मेरो स्वास्थ्य मेरो बर्ष पनि सुर्तीजन्य पदार्थको नियन्त्रणको प्रमुख एजेण्डा भएकाले अगामी दिनमा यसको नियन्त्रणमा उल्लेख्य सुधार हुने बिश्वास रहेको छ ।’

अन्तरक्रिया कार्यक्रममा बोल्दै मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिलले चुरोट सेवन गर्ने ४० बर्षभन्दा कम उमेरका २÷३ वटा चुरोट  सेवन गर्ने मानिसलाई हृदयघात हुने सम्भावना उच्च रहेको बताए । ‘मानिसहरुमा बर्षौसम्म सूर्तिजन्य पदार्थको सेवन तथा धुमपान गर्नेहरुमको फोक्सोमा असर पर्छ भन्ने मात्र जानकारी छ, चुरोट सेवनले हृदयघातको सम्भावना पनि उत्तिकै हुन्छ भन्ने जानकारी छँदैछैन, डा. ओममुर्तिले भने ‘क्यान्सर सम्मको समस्या हुन बर्षौ धुमपान तथ सुर्तिजन्य पदार्थको सेवन गरेको हुनुपर्ने सहि हो तर हृदयघात हुन २÷३ बटा चुरोट सेवन गरे पुग्छ ।’

सूर्तिजन्य पदार्थको नियन्त्रणको पक्षमा कानुन बनेपनि त्यसको कार्यन्वयन पक्ष ज्यादै फितलो भएका कारण सुर्तीजन्य पदार्थको नियन्त्रण हुन नसकेको आयोजक एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले बताए  । उनले सूर्तीजन्य पदार्थको बट्टामा ९० प्रतिशत चित्र अंकित चेतावनी मूलक सन्देश राख्नुपर्ने भएपनि त्यसको कार्यन्वयन नभएको कारण सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन नै निष्क्रिय बनेको बताए । संसारका करिव ८० प्रतिशत धुम्रपान सेवन गर्ने मानिसहरु नेपाल जस्तो कम विकशित राष्ट्रका रहेको तथ्यांक छ । नेपालमा धुम्रपान र सुर्तीजन्य सेवनबाट बर्षेनी २५ हजार भन्दा बढिको ज्यान जाने गरेको तथ्याङ्क छ । जसमा १५ हजार पुरुष र १० हजार महिला रहेका छन् । सुर्तिजन्य पदार्थबाट लाग्ने रोगको उपचारका लागि सरकारले प्रत्यक्ष रुपमा ५ अर्व र अप्रत्यक्ष रुपमा ५० अर्व भन्दा बढिको रकम खर्च गर्ने गरेको अनुमान गरिएको छ ।

विश्व सूर्तिजन्य पदार्थ रहित दिवस हरेक बर्ष मे ३१ अर्थात बुधवार ‘सुर्तीजन्य पदार्थले बिकासलाई अवरोध गर्छ’ भन्ने नाराको बिश्व धुम्रपान तथा सुर्तिजन्य पदार्थ रहित दिवस साथ मनाइँदैछ । सन् १९८७ को बिश्व स्वास्थ्य संगठनको महासभाले तय गरेको यो दिवस सन १९८८ बाट बिश्वभर मनाउन थालिएको हो ।

Last modified on 2017-06-14 12:52:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts