आँखा तिरमिराउने, धमिलो देखिने हुन्छ ? (भिडियो सहित)



Download our app to get more features

बै उमेर समुहका मानिसमा आँखाको दृष्टि धमिलो देखिने वा तिरमिर देखिने समस्या हुनसक्छ । यसलाई कतिपयले सामान्य सम्झेर हेलचेक्र्याईं गर्ने गरेको पनि पाइन्छ । यस्तो समस्या उमेर बढेसँगै बढी देखा पर्दछ । तर पछिल्लो समय कम उमेर वा बच्चा बेलादेखि नै आँखा धमिलो देखिने समस्या बढ्दै गएको छ । यस्तो समस्या किन देखिन्छ र कसरी जोगिने आँखा रोग विशेषज्ञ डाक्टर निशा श्रेष्ठका सुझाव:

यही कारणले मात्र आँखा धमिलो वा तिरमिराउने हुन्छ भन्ने छैन । यसका धेरै कारण छन् । यस्तो समस्या उमेर अनुसार फरक पर्न पनि सक्छ । तर चिकित्सकीय भाषामा अल्छे वा कमजोरी आँखा हुनु नै आँखा धमिलो हुने प्रमुख कारण हो ।

आँखा धमिलो हुँदा सामान्यतया यस्ता लक्षण देखिन्छन्:

  •     सुरुसुरुमा आँखा चिलाउने ।
  •    आँखा दुख्ने ।
  •    आँखा रातो हुने ।
  •    आँखा धमिलो हुने ।
  •    टाउको दुख्ने ।
  •    आँसु बगिरहने ।

आँखा धमिलो हुने कारण:

  •    कमजोर आँखा ।
  •   आँखामा संक्रमण हुनु ।
  •   मोतिबिन्दु हुनु ।
  •   जलबिन्दु हुनु ।
  •   आँखाको पर्दामा चोटपटक लाग्नु वा अन्य समस्या आउनु ।
  •   आँखाको नशामा समस्या आउनु ।
  •    वंशाणुगत गुण ।

आँखा धमिलो हुनबाट बचाउने उपाय:

  •    आँखालाई स्वस्थ राख्न सँधै सचेत हुने ।
  •    सम्भव भएसम्म धुँवा धुँलोबाट बचाउने ।
  •    उच्च रक्तचाप तथा चिनी रोगका बिरामीले समय समयमा आँखा परीक्षण गराउने ।
  •    मोतिबिन्दु लगायतका रोग लागेका लक्षण देखिए तुरुन्त उपचार गराउने ।
  •    स्वस्थ आँखा भए पनि कम्तिमा वर्षको एकपटक आँखाको परीक्षण गराउने ।
  •    सन्तुलित र स्वस्थ खानामा ध्यान दिने ।

आँखा संवेदनशील अंग भएकाले कुनै पनि समस्या आए हेलचेक्र्याईं गर्नुहुन्न । तुरुन्त परीक्षण गराई चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ । थोरै मात्र ध्यान नदिँदा पनि सदाको लागि दृष्टि गुम्न सक्ने खतरा हुन्छ । समयमै सचेत हुनु बुद्धिमानी हुन्छ ।

भिडियो हेर्नुहोस् ।

Last modified on 2017-06-14 13:17:02

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts