कहाँ बस्दै छन् डा. केसी अनशन ? हेर्नुहोस् ७ तस्बिरमा
काठमाण्डौ, १४ जेठ । यस अघिका दश पटकसम्म शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसेका प्रा. डा. गोविन्द केसी एघारौं चरणको अनशन बस्न दाङ्ग पुगेका छन् ।
शनिवार देखि सुरु गर्ने भनिएको उनको अनशन आइतबारसम्मका लागि स्थगित भएको थियो । स्वास्थ्यमन्त्री गगन थापाले डा. केसीलाई फोन गरेर माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि केसीले एकदिनका लागि अनशन स्थगन गरेका थिए ।
सबै प्रदेशमा मेडिकल कलेज खोल्ने लगायत पूर्वसम्झौता तत्काल पालना गर्नुपर्ने, प्रधानन्यायाधिसलाई लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने लगायत विभिन्न मागसहित केसीले अनशन सुरु गर्न लागेका हुन् ।
सरकारी सम्झौता अनुसार पहिलो सरकारी मेडिकल कलेज बन्नुपर्ने दाङमा २ वर्ष हुँदा पनि प्रकृया अघि नबढेपछि केसी अनशन बस्नै उतै पुगेका हुन् । पहिले दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा अनशन बस्ने भनिएपनि उपयुक्त व्यवस्थापन नभएको भन्दै सँगै रहेको ऊँ शिरडी साई मन्दिरमा आज अपरान्ह ४ बजेबाट केसीले अनशन थाल्ने निर्णय गरेका छन् ।
हाम्रो डाक्टरसँग कुरा गर्दै डा. केसीले उपर्युक्त स्थान छनोट गर्न शनिवार नभ्याएर आजबाट अनशन सुरु गर्न लागेको बताए । स्वास्थ्यमन्त्रीसँगको संवादको विषयमा केसीले भने ‘गगन थापाले फोन गरेर मेरो अनशन रोकिने होइन, उनी फोन गर्दै गर्छन म अनशन रोक्दिन ।’
डा. केसी र उनका सहयोगीले केहीबेर अघि अनशन बस्ने स्थलमा पुगेर अवलोकन र स्थान पहिचान गरेका छन् । हेर्नुहोस्, अवलोकनका क्रममा साई मन्दिरमा पुगेर कुलदीप न्यौपानेले कैद गरेका सात तस्बिर ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>