भारत गुजरातमा ३ जनामा देखियो जिका भाइरस
भारत (गुजरात) १४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारत गुजरातको अहमदाबादमा जिका भाइरस देखिएको पुष्टि गरेको छ ।
स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले गरेको जाँच रिपोर्टको आधारमा अहमदाबादमा एक गर्भवती सहित ३ जनामा जिका भाइरस देखिएको पुष्टि भएको छ । एएनआईका अनुसार गुजरातमा अहमदाबादको बापूनगर क्षेत्रमा जिका भाइरस देखिएको हो ।
जिका भाइरस एडीस एजिप्टी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । त्यसबाहेक डेंगू र चिकनगुनिया जस्ता रोगपनि यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार ६४ वर्षी एक पुरुषको रगत परिक्षणमा ८ दिन पुरानो ज्वरो सम्बन्धी लक्षण देखिएको हो, जसलाई बी. जे. मेडिकल कलेज अहमदाबादले जीका भाइरसको पोजेटिभ लक्षण बताएको छ । बी. जे. मेडिकल कलेजमा एएफआई सर्भिएलान्सको माध्यमले यसलाई जिका भाइरसको पोजेटिभ लक्षण भएको जनाएको छ ।
यस्तै, ३४ वर्षीया एक महिलामा पनि जिका भाइरसको पोजेटिभ लक्षण देखिएको छ । उनले हालै मात्र एक स्वस्थ शिशुलाई जन्म दिएकी छिन् । उक्त महिलाको रगत डेगूं परिक्षणका लागि बीजेएमसीको भाइरल रिसर्च एण्ड डायग्नोस्टिक लैबोरेट्रीमा पठाइएको थियो । जहाँ रगत परिक्षणमा जीका भाइरसको पोजेटिभ लक्षण पुष्टि गरियो ।
त्यसैगरी, २२ वर्षीया गर्भवतीमा पनि यो लक्षण देखिएको छ । गर्भावस्थाको ३७ औँ हप्तामा रहेकी उक्त महिलाको जाँच मा जीका भाइरस सँग सम्बन्धीत लक्षणहरु देखियो ।
यी तिन वटै परिक्षणका आधारमा तल्लो स्तरको जीका भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।
(एजेन्सी)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>