सरकारी निर्णयका विरुद्धमा अाैषधि अायातकर्ता निरन्तर अान्दाेलनमा



Download our app to get more features

 

काठमाडौ, १३ जेठ। आयातित औषधिमा रोक लगाउने सरकारी निर्णय बिरुद्ध केहि दिनदेखि आन्दोलनरत औषधि आयातकर्ताहरुले शुक्रबार औषधि ब्यवस्था बिभाग घेराउ गरेका छन् । 

आयातित औषधिमा रोक लगाउने निर्णय तत्काल फिर्ता लिनुपर्ने उनीहरुकाे माग छ ।

स्वास्थ्यमन्त्रालयले गत वैशाख २५ गते औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिकाे  सिफारिसका आधारमा आत्मनिर्भर हुन सकिने ३० भन्दा बढी प्रकारका औषधि विदेशबाट ल्याउन रोक लगाएकाे थियाे ।

सो निर्णयमा केही प्राविधिक प्रक्रिया पूरा गरेर कार्यान्वयनमा जाने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैको बिरोध गर्दै औषधि आयातकर्ताहरु निरन्तर आन्दोलनमा छन् ।

आफुहरु स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको नीतिको बिरोधमा नभएर प्रवर्द्धनका नाममा औषधि ब्यवसायीहरुलाई निषेध गर्ने नीतिको मात्रै विरोधमा रहेकाे अायातकर्ता संघका महासचिव पवन अाचार्यले बताए । 

शुक्रवार अायाेजित कोणसभालाई सम्वोधन गर्दै  आचार्यले स्वदेशमा उत्पादन भएका औषधिको तुलनामा आफुहरुले आयात गरेको औषधि सस्ताे र गुणस्तरीय भएको दाबी गर्दै सरकारले सर्वसुलभ दरमा औषधिको उपभोग गर्न पाउने अधिकारबाट बञ्चित गराउन खोजेको आरोप समेत लगाए । 

‘स्वदेशी उत्पादन भन्दा हामीले ल्याउने औषधि सस्ता छन् र गुणस्तरीय पनि छन् । त्यसैले जनताले उचित दाममा उचित औषधि खान पाउनुपर्छ, महासचिब आर्चायले भने ‘ जनतालाई सुलव दरमा गुणस्तरीय औषधि उपलव्ध गराउन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

धर्नामा औषधि आयातकर्ता संघ, नेपाल औषधि तथा विक्री प्रतिनिधी संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आर्युबेदिक न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ संलग्न छन् ।

Last modified on 2017-06-14 14:06:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts