गर्मीमा खाना बिग्रने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुस यी सजिलो उपाय



Download our app to get more features

काठमाडौँ, १३ जेठ । गर्मी भन्ने वितिकै अनेक समस्याहरु आउन थाल्छन् । चाहे त्यो छाला सम्बन्धी होस वा एलर्जी होस अथवा समग्रमा भन्दा स्वास्थ्य सम्बन्धी । हाम्रो लागि सबैभन्दा ठूलो भनेको हाम्रो स्वास्थ्य नै हो । हामी स्वस्थ भयौँ भने सबै काम सजिलो तरिकाले गर्न सक्छौँ तर, हामी नै यदि अस्वस्थ छौँ भने कुनै पनि काम गर्न सक्दैनौँ । हामी स्वस्थ रहनका लागि विशेष ध्यान दिनु पर्ने भनेको हाम्रमे खानपानमा हो । कस्तो खाना खाने , कुन समयमा खाने र कति मात्रामा खाने । खाना बीना हामी बाँच्न सक्दैनौं । खाना सबैका लागि अपरिहार्य हो । तर, त्यही खाना सुरक्षित भएन भने त्यसले अनेकौं समस्या निम्त्याउन सक्छ ।

गर्मी मौसममा खानेकुराहरु छिट्टै बिग्रिन्छ र यो एउटा समस्याको रुपमा पनि देखापर्दै गएको छ । तर, हामी थोरैमात्र सचेत भयौं भने खानालाई विग्रनबाट बचाउन सक्छौं ।

केही उपाय अपनाएर गर्मीमा खाना बिग्रिने समस्याबाट छुट्कारा पाउन सकिन्छ । जानौँ ती उपायका बारेमा :

♦ धेरै तापक्रम हुँदा खानामा जिवाणुहरु बढ्ने गर्दछ । त्यसैले गर्मीमा खानेकुरालाई निश्चित तापक्रममा एक घण्टा भन्दा बढी राख्नु हुँदैन । खानालाई चिसो बनाएर ४ डिग्री सेन्टिग्रेटमा फ्रिजमा राख्नुलाई सुरक्षित मानिन्छ । खाना बनाइसकेपछि तुरुन्तै फ्रिजमा कहिल्यै राख्नु हुँदैन ।

♦ गर्मीमा धेरै दिनसम्म फ्रिजमा राखिएको खाना खराब हुनसक्छ । त्यसैले फ्रिजमा तीन÷चार दिनभन्दा बढि राखेको खाना खानु हुँदैन ।

♦ खाना कुनै पनि बेला विषमा रुपान्तर हुनसक्छ । त्यसैले सफाइमा ध्यान दिन निकै जरुरी छ । भाँडाकुडा र चक्कु लगायतका सामग्रीहरुको सरसफाईमा पनि ध्यान दिनुपर्दछ । 

♦ पाकेको खानालाई कहिल्यै पनि कच्चा खानासँग राख्नुहुँदैन । यसले खाना छिट्टै खराब हुन्छ । यदि धेरै खाना छ भने स–साना भाँडोमा राख्नुपर्छ । एउटै भाँडोमा धेरै खाना राख्ने गर्नुहुँदैन । किनकी यसरी खानालाई राख्दा पुरै खाना चिसो हुँदैन ।

♦ दुधलाई राम्रोसँग उमालेर चिसो भएपछि फ्रिजमा राख्नुपर्छ । त्यस्तै बिहानै पकाएको दाललाई दिउँसो खाँदा तातो बनाएर खानुपर्छ । बजारबाट किनेर ल्याएको तरकारीलाई धोएर पुछेर पेपर ब्यागमा राख्नुपर्छ । तरकारीलाई तीनदिन भित्र प्रयोगमा ल्याउन सक्नुपर्छ । 

♦ राम्रोसँग नपाकेको खानामा ब्याक्टेरियाहरु उत्पन्न हुनसक्छ । त्यसैले खाना छिट्टै खराब हुनबाट बचाउन राम्रोसँग पकाउन जरुरी छ । त्यसपछि फ्रिजमा राम्ररी राख्ने बानी बसाल्नुपर्छ । फ्रिजमा राखिएको खानालाई तताएर खाने गर्नुपर्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 14:06:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts