नेपाल नर्सिङ संघले सवा करोड राशीको ‘अन्तर्राष्ट्रिय जोखिम अवार्ड’ पायो 



Download our app to get more features

काठमाडौं, जेठ १२ । नेपालमा स्वास्थ्य जोखिम अनुगमन गर्न अत्याधुनिक प्रविधिको प्रयोगमा विस्तार गर्न सफल नेपाल नर्सिङ परियोजनाले विपत्ति जोखिम कम गर्न महत्वपुर्ण भुमिका खेलेबापत ‘अन्तर्राष्ट्रिय जोखिम अवार्ड २०१७’ प्राप्त गरेको छ ।

उक्त पुरस्कार नेपाल नर्सिङ संघले सञ्चालन गरेको इपिडियोमियोलोजी नर्स (एपिनर्स) परियोजनाले प्राप्त गरेको हो । हरेक दुई वर्षमा म्युनिख रि फाउण्डेसन अन्र्तगत युएनआइसडिआरले कुनैपनि देशले विपत्ति जोखिम कम गर्न महत्वपुर्ण भुमिका खेलेबापत करिव १ करोड १६ लाख रुपैयाँ ( १ लाख युरो) बराबरको ‘अन्तर्राष्ट्रिय जोखिम अवार्ड दिने गर्दछ । यस वर्षको उक्त पुरस्कार नेपाल नसिङ्ग संघले प्राप्त गरेको हो ।

संयुक्त राष्ट्र संघ अन्र्तगत विपद् जोखिम न्युनिकरण (युएनआइसडिआर)ले सञ्चालन गरेको एलाइन्स फर डिजास्टर रिसाइलेन्ट सोसाइटी कार्यक्रममा नेपाल नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पान्डेलाई हस्तान्तरण गरिएको छ ।

छोटो समयमै माहामारीको जोखिम नियन्त्रण गर्न नेपालमा महामारी नियन्त्रण गर्ने (एपिनर्स)ले खेलेको भुमिकालाई सम्मान गर्दै आगामी दिनहरुमा उनीहरुलाई प्रभावकारी भूमिका खेल्न प्रोत्साहन स्वरुप उक्त पुरस्कार दिइएको बताइएको छ । 

संघकी उपाध्यक्ष पाण्डेले पुरस्कार प्राप्त गरेपछि एपिनर्सको भुमिकालाई सुनिश्चित गरे माहामारीको जोखिम कम गर्न सकिने बताइन् । पाण्डेका अनुसार नेपालमा नर्सहरुको सञ्जाल बलियो भएकोले विपदको समयमा महत्वपूर्ण सूचना तत्काल संकलन गर्न सकिन्छ । उनले भनिन्  ‘नेपालको नर्सहरु उच्च जोखिम क्षेत्र र घनाबस्ती पहिचान गर्न सक्षम छन् । जब विपदको समय आउँछ उनीहरु ती क्षेत्रमा तत्काल पुगेर जोखिम न्युनिकरणको उपाय अवलम्बन र समन्यवगरी तत्काल महामारी न्यूनिकरण गर्न सफल भएका छन् ।’

एपिनर्सलाई स्वास्थ्य सुरक्षामा अनुगमन गर्दै, भुकम्प, माहामारी, दैवीप्रकोपजस्ता प्राकृतिक विपत्तिमा आउने स्वास्थ्य संकटको जोखिम कम गर्न अग्रपंक्तिमा बसेर कामगर्ने स्वास्थ्य कार्यकर्ताको रुपमा विशेष तालीम दिइएको हुन्छ । 

त्यस्ता माहामारी तथा स्वास्थ्य संकटको निगरानी गरेर सूचना संकलन गर्दै विशेषज्ञ चिकित्सकहरुको विशेष सहयोगी भुमिकामा एपिनर्सहरु खटिने गर्दछन् । 

सन् २०१५ मा प्राकृतिक विपद्बाट स्वास्थ्यमा पर्ने संकटको जोखिम न्युनिकरणको लागि बहुदृष्ट्रिकोण कार्यक्रम अन्र्तगत मेक्सिकोमा सञ्चालित अन्र्तराष्ट्रिय एलाइन्स फर डिजास्टर रिसाइलेन्ट सोसाइटिको बैठकले १५ वर्षिया सेन्डाइ फ्रेमवर्क सम्झौता गरेको थियो 

Last modified on 2017-06-14 14:07:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts