विशेषज्ञका अनुसार गर्भावस्थामा गर्नुहुने र नहुने कुरा (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौं । गर्भावस्था विशेष संवेदनशील अवस्था हो । गर्भवती महिलाको हरेक गतिविधिको प्रभाव बच्चामा पर्ने भएकाले पनि यो अवस्थालाई निकै महत्वपूर्ण रुपमा लिइन्छ  । गर्भावस्थालाई कसरी स्वस्थ र सुन्दर बनाउने त ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मनोर दिन सैयदका टिप्स यस्ता छन् ।

गर्भावस्थामा विशेष साबधानी अपनाउनु पर्ने हुन्छ भनेर भन्ने गरिन्छ । आमासँगै बच्चाको शारीरिक मानिसक अवस्था स्वस्थ र स्फूर्त बनाउनका निम्ति पनि आमाले गर्भवति हुँदा धेरै कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । गर्भावस्थामा सामान्य त हो नि भनेर गरिने हेलचेक्र्याईंले गम्भीर असर पनि गरिरहेको हुनसक्छ । यस्तो बेलामा जानेर नजानेर गरिने सानो सानो गल्ती आमा र बच्चाको स्वास्थ्यमा दीर्घकालिन असर सिर्जना गर्नसक्छ । 

मानिसहरुमा गर्भावस्थाबारे फरक फरक बुझाई भएको पनि पाइन्छ । यसलाई कसैले सामान्य रुपमा लिन्छन् र कसैलै धेरै नै संवेदनशील ठान्छ्न् । विशेष गरेर गर्भावस्थामा गर्नहुने र नहुने कामबारे आआफना तर्क पाइन्छ । यद्यपी यस्ता कुरामा भने गर्भवति महिलाले अत्यन्तै ध्यान दिनुपर्छ । 

रजस्वला भएको अन्तिम दिनदेखि नौ महिना एक हप्ताको समय अवधिलाई गर्भावस्था भनिन्छ । यस अवस्थालाई ३ तहमा विभाजन गरेर हेरिन्छ । सुरुको तीन महिना पहिलो त्रैमासिक, बीचको तीन महिनादेखि ६ महिनाको अवधिलाई दोश्रो त्रैमासिक र अन्तिमको ६ देखि ९ महिनाको समय अवधिलाई तेस्रो त्रैमासिक ।

यस अवधिमध्ये पहिलो र तेस्रो त्रैमासिकमा विशेष चनाखो रहनु पर्छ । यस अवधिमा गह्रौं सामान नबोक्ने, कब्जियत हुने कुरा नखाने , यौन सम्पर्क नगर्ने ,प्रशस्त झोलिलो कुरा खाने, शरीरलाई हल्का सक्रिय बनाइराख्ने  ,स्वस्थ र सफा खाने, आफ्नो र बच्चाको स्वस्थ्य अवस्थाको परीक्षण गराउनुको साथै चिकित्सकको सल्लाह बमोजिम कार्य गर्ने ।

यी अवधिको तुलनामा बीचको त्रैमासिक अलि सहज हुन्छ । पाठेघरमा बच्चा अलि दह्रोसँग बस्ने भएकाले पनि हल्का काम गर्नु हुन्छ । गर्भवतीलार्ई हिँडहुल गर्न अलि सहज हुने, खानामा रुचि बढ्ने तथा शारीरिक रुपमा अलि सहज भएको महसुस हुने भएकाले पनि यस अवस्था अलि सहज मानिन्छ । 

एक स्वस्थ र राम्रो बच्चाको लागि परिवारका सदस्यको पनि महत्वपूर्ण भूमिका रहेकाले सबैले सहयोग गर्नुपर्छ । अन्यथा साचेजति आमा र बच्चाको स्वास्थ स्वस्थ नहुन पनि सक्छ ।

डा. सैयदको टिप्स भिडियोमा हेरौं ।

Last modified on 2017-06-14 14:10:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts