प्रा.डा.गोविन्द केसी एघारौं अनसन दाङ्गमा बस्ने  



Download our app to get more features

काठमाण्डौं, १२ जेठ । प्रा.डा. गोविन्द केसी एघारौं अनसन दाङ्गमा बस्ने भएका छन् । दश पटकसम्मको अनसन त्रिवि शिक्षण अस्पताल परिषरमा बसेका डा. केसी एघारौं पटकको अनसन दाङ्गमा बस्ने तयारी गरिरहेका छन् । दाङ्गमा अनसन बस्ने भनिएता पनि दाङको कुन ठाँउमा भन्ने बारे डा. केसीले खुलाएका छैनन् । 

डा केसीका विद्यार्थी तथा सहयोगी डा सुमन आचार्यले शनिबारदेखि सुरु हुने अनसनका लागि एक जना सहयोगिका साथ शुक्रबार बेलुका वा शनिबार विहान दाङ्ग जाने बताए । उनले भने ‘सरले दाङ्ग जाने भन्नु भएको छ तर कहिले जाने र दाङ्गको कुन स्थानमा बस्ने बारे खुलाउनु भएको छैन ।’ 

गत ९ जेठ देखि नै एघारौँ अनसन सुरु गर्ने भनेपनि डा. केसीले अन्तिम समयमा आएर तीन दिनको समय थप गरेक थिए । शनिबारदेखि अनसन बस्ने तयारी गर्दै आएका केसी एकाएक दाङ्ग जान लागेका हुन् । ‘स्वास्थ्य सेवा प्रभावित हुने भन्दै अस्पतालम नबस्ने बताउदै आउनु भएको थियो, डा. केसीलाई उद्धित गर्दै सुमनले भने ‘अस्पतालमा होइन सार्वजनिक स्थलमा बस्ने तयारीमा हुनुहुन्थ्यो तर आज दाङ्ग जाने भन्नु भएको छ ।’ 

Last modified on 2017-06-14 14:12:46

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts