चकलेटको गुण बारे जानी राखौँ
तपाईँलाई चकलेट कतिको मन पर्छ ? यदि केटी मान्छे हो भने चकलेट तपाईँको पहिलो रोजाई होला । किनभने प्रायः जसो सबैले भन्ने गर्छन् चकलेट त केटीहरुले खाने कुरा हो । तर, चकलेट सबैका लागि कतिको फाइदाजनक हुन्छ भन्ने सायद तपाईँलाई थाहा नहुन सक्छ ।
चकलेट स्वादका लागि मात्र नभई अब स्वास्थ्यका लागि पनि खाने गर्नुस् । किनभने चकलेटको गुणबारे थाहा हुनु तपाईँको लागि बढी फाइदाजनक हुन सक्छ ।
खोकीले ग्रसित भएपछि औषधि खानुभन्दा पहिले हामी घरेलुु उपाय अपनाउने गर्छौँ । मह, अदुवा र काढा जस्ता बस्तुको प्रयोगले खोकी तुरुन्तै निको हुन्छ भनेर सोच्ने गर्छौँ र त्यही अपनाउँछौँ पनि । तर, अब यदि तपाईँलाई खोकी लाग्यो भने एक पटक चकलेट अपनाउनुस ।
हुल विश्वविद्यालयमा मुटु र श्वास अध्ययनका प्रमुख प्रोफेसर एलिन मोरिसले चकलेट खानाले खोकी निको हुने बताए । मोरिसका अनुसार, हालै गरिएको एक अध्ययनमा खोकी भयो भने चकलेट वा चकलेटयुक्त औषधि खानाले दुई भित्रमा राहत मिल्छ ।
लण्डनको इम्पीरियल कलेजमा भएको एक अध्ययनमा कोकोआमा पाइने एक अल्केलोइड थियोब्रोमिनले खोकीलाई कोडीन भन्दा राम्रो तरीकाले रोक्न सकिन्छ । कोडीन खोकीको औषधिमा पाईने एक सामान्य तत्व हो ।
अध्ययनकर्ताहरुका अनुसार कोकोआमा पाइने गुणले घाँटीमा भएको संक्रमणलाई कम गर्छ र राहत हुन्छ । किनकी कोकोआमा कफ सीरप भन्दा बढी मोइस्चर हुन्छ र यसले घाँटीमा राम्रो लेपको काम गर्छ । जसले घाँटीमा भएको संक्रमणलाई चाँडै निको पार्छ ।
तर, चकलेट मन पर्छ वा यसले स्वास्थ्यलाई फाइदा हुन्छ भन्दैमा धेरै खानु पनि हानिकारक हुन सक्छ । त्यसैले आफ्नो अवस्था अनुसार नै प्रयोग गर्नु राम्रो हुन्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>