मेची अञ्चल अस्पतालमा सघन उपचार कक्ष सुरु
काँकडभिट्टा, १२ जेठ । मेची अञ्चल अस्पताल भद्रपुर झापामा आजदेखि सघन उपचार कक्ष सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा चार श्यया र दुई भेन्टिलेटर रहेको सघन उपचार कक्ष सुरु भएको हो । रु ८० लाखको लागतमा सञ्चालनमा आएको सेवामा डा जोसनलाल वज्राचार्यको नेतृत्वमा दैनिक सात स्टाफ नर्सले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक समितिका अध्यक्ष राम कट्टेलले बताए ।
सघन उपचार कक्षको उद्घाटन प्रअिज उत्तरकुमार खत्रीले गरेका थिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले सघन उपचार कक्ष महँगो हुने भएकाले २५ प्रतिशतसम्मको छुटमा मात्र बिरामीलाई सेवा उपलब्ध गराउन सकिने बताए । रासस
Last modified on 2017-06-14 14:14:03
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>