अफ्रिकन मुलुकबाटै पहिलोपटक विश्व स्वास्थ्य संगठनका महासचिव बन्दै डा. टेड्रोस
काठमाडौं, जेठ १० । विश्व स्वास्थ्य संगठनका महासचिवमा पहिलोपटक अफ्रिकन मुलुक इथियोपियाका नागरिक डा.टेड्रोस अधनोम घेब्रेएसुस चयन हुने भएका छन् ।
१ सय ८६ सदस्य राष्ट्रले निर्वाचनमार्फत भोट दिएपछि उनी संयुक्त राष्ट्रसंघ अन्र्तगत डब्लुएचओका प्रमुख हुने भएका हुन् । आउँदो जुन महिनामा डब्लुएचओ प्रमुख मार्गरेट चानको १० वर्षे कार्यकाल सकिँदै छ । डा.टेड्रोसले चानलाई प्रतिस्थापन गर्न लागेका हुन् । चानको कार्यकालको समयमा पश्चिम अफ्रीकन देशहरुमा इबोला महामारी अन्त्य गर्न निकै सुस्त गतिमा काम गरेको भन्ने बिषयमा निकै आलोचना भएको थियो ।
सन् २०१३ डिसेम्बरबाट शुरु भएको इबोला महामारीमा ११ हजारभन्दा बढी ज्यान गएको, समयमै डब्लुएचओले चेतावनि दिन नसकेको र प्रभावकारी भुमिका खेल्न नसकेको आरोप चानमाथी लाग्दै आएको छ । सदस्य राष्ट्रहरुको निर्वाचनभन्दा अघि विश्व स्वास्थ्य सभा जेनेभामा उनले सम्बोधन गर्दै डा.टेद्रोसले भनेका छन्–‘भविष्यमा आउने आपतकालिन स्वास्थ्य समस्यालाई तत्काल र प्रभाकारी कदम चाल्ने आफ्नो पहिलो प्राथमिकता हुनेछ ।’
उनले गरिबिहरुको स्वास्थ्य अधिकारको पक्षमा आँफु उभिने बताउँदै भने–‘सबै बाटोहरुले विश्वव्यापी स्वास्थ्य कभरेजको नेतृत्व गर्नुपर्छ । म त्यतिबेलासम्म आरा गर्ने छैन् जतिबेला अन्तिम लक्ष्यमा पुग्दिन ।’ पाँचजना छोराछोरी बाबु डा.टेद्रोस ५२ वर्षका भए । उनी ईथियोपियामा परिवारसहित बस्छन् । इथियोपियाली स्वास्थ्य तथा विदेशी मामिला मन्त्रीका रुपमा उनले काम गरीसकेका छन् । त्यस्तै, उनी एड्स, टीबी तथा मलेरिया विरुद्ध ग्लोबल फन्ड बोर्डको अध्यक्षसमेत भैसकेका छन् । समुदाय स्वास्थ्यमा विद्यावारिधी गरिसकेका उनीे अन्तर्राष्ट्रीयस्तरमा मान्यता प्राप्त मलेरिया शोधकर्ताको रुपमा परिचित छन् । एजेन्सी
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।