डा. केसीले सारे अनशनको मिति, शनिवारदेखि पुन : सत्याग्रह सुरु



Download our app to get more features

काठमाडौँ, १० जेठ । आजदेखि ११ औँ अनशन बस्ने घोषणा गरेका डा. गोविन्द केसीले अनशन बस्ने मिति ३ दिन पछि सारेका छन् । 

मंगलबार विज्ञप्ति जारी गर्दै डा. केसीले जेठ १० गतेदेखि बस्ने भनेको आमरण अनशन जेठ १३ गतेदेखि बस्ने जानकारी गराएका हुन् ।

एक साता अघि अस्पतालमै पत्रकार सम्मेलन गरेर डा. केसीले ११ औ अनसन बस्ने घोषणा गरेका थिए । गत पुस २३ गते डा. केसीले आफ्नो माग पुरा गर्न  सरकारलाई जेठ ८ गते सम्मको समय दिएका थिए । सरकारले दशौ अनसनको क्रममा भएका संझौता कार्यन्वयन नगरेकोले ११ औं अनसन बस्न बाध्य भएको बताएका छन् । 

डा. केसीले बिगतमा भएका पुराना सम्झौताहरु पालना हुनुपर्ने, र गैरसंवैधानिक ढंगले सरकारमा सहभागी राजनैतिक दलहरूद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको प्रस्ताव तत्काल फिर्ता हुनुपर्ने माग राखी अर्को आमरण अनशन बस्ने तयारीमा थिए ।

डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै शुभेच्छुकको आग्रह, छलफल र परिस्थितिको मूल्यांकन गर्दै हाम्रा मागहरूको उचित सम्बोधन नभएमा यही जेठ १३ गते शनिबारदेखि सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु । विगतमा झैं यहाँहरुको सहयोग, शुभेच्छा आगामी दिनमा पनि जारी रहनेछ भन्ने अपेक्षा राखेका छौं ।’
 

Last modified on 2017-06-14 15:52:52

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts