औषधिको आयात रोक्ने निर्णयविरुद्ध आयातकर्ता संघले कडा आन्दोलन गर्ने
काठमाण्डौं, ९ जेठ । सरकारले ३४ प्रकारका औषधिको आयातमा रोक लगाउने तयारी गरेको निर्णयमाथि पुनर्विचार गर्न माग गर्दै नेपाल औषधि आयातकर्ता संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
आन्दोलनरत संघले सोमबार स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आयात रोक्ने निर्णय फिर्ता लिन ध्यानाकर्षण गराएका हुन् ।
संघलाई समर्थन गर्दै ध्यानाकर्षण गराउनेहरुमा नेपाल औषधि आयातकर्ता संघ, नेपाल औषधि तथा विक्री प्रतिनिधी संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संघ, नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल समाज, नेपाल भेटेनरी औषधि आयातकर्ता संघ र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ रहेका छन् ।
औषधि व्यवस्था विभागमाबाट ६ वटै संस्थाका प्रतिनिधीले प्लेकार्ड र व्यानर सहित जुलुस लिएर मन्त्रालय पुगेका थिए ।
मन्त्री गुरुङ्गलाई ज्ञापनपत्र बुझाउँदै संघका महासचिव पवन आचार्यले आयात प्रतिबन्ध गर्ने निर्णय फिर्ता लिई औषधिमा कालोबजारी प्रमाणित भएमा आवस्यक कारबाहि गरी सहज वातावरण श्रृजना गर्न अनुरोध गरेका थिए । उनले प्रतिबन्ध फिर्ता र दोषिमाथी कारबाही नभएमा चरणबद्धरुपमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
विश्व व्यापार संगठनको पक्ष राष्ट्र भएको मुलुकले बाहिरका उत्पादन निषेध गर्न नमिल्ने तर्क गर्दै आन्देलनबाट सर्वसाधारणमा पर्न जाने असुविधामा सरकार जिम्मेवारी हुनुपर्ने उनीहरुको भनाइ छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>