औषधि आयातका बिषयमा सरकारको निर्णय सकारात्मकः नेपाल फार्मेसी संघ



Download our app to get more features

काठमाण्डौ, ७ जेठ । नेपाल फार्मेसी संघले औषधि आयातका बिषयमा सरकारले गरेको निर्णयको स्वागत गर्दै मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनसम्म पुग्नेमा आशावादी रहेको बताएको छ । 

सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेर ३४ प्रकारका औषधि सरकार आफैँले आयात गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई स्वागत गर्दै नेपाल फार्मेसी संघले सकेसम्म आफै आयात गर्न र निजि क्षेत्रबाट आयात हुने अवस्थामा पनि स्पष्ट निती नियम र ऐनको अधिनमा रहेर गरिनुपर्ने धारणा सार्वजनिक गरेको छ । 

आज बिज्ञप्ति जारी गर्दै नेपाल फार्मेसी संघले लामो समय देखि आफूहरुले उठाउदै आएको आवाजमा ढिलो भएपनि नेपाल सरकारको ध्यान पुगेकोमा अशावादी बनेको बताएको छ । 

‘औषधिको गुणस्तरमा कुनै पनि निकायबाट सम्झौता गर्न मिल्दैन र पाइदैन’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्पूर्ण सम्बन्धीत सबैमा औषधिको गुणस्तरीयतालाई उच्च प्राथमिकतामा राखेर उत्पादन तथा निकासी पैठारी गर्न सजक र सचेत गराउन चाहन्छौ ।’

मुल्यको बिषयमा पनि सरकारको कदम प्रति नेपाल फार्मेसी संघ नेपाल पूर्ण रुपमा सकारात्मक रहेको धारणा सार्वजनिक गरिएको छ । प्रतिबद्धात्मक रुपमा विज्ञप्तिमा भनिएको छ, ‘सहयोगका लागि नेपाल फार्मेसी संघ प्रतिबद्धता जाहेर गर्दछ र आवश्यक परेको अवस्थामा बैकल्पिक व्यस्थाको लागि समेत तयार रहेको अवगत गरौदछौ ।’ जनताको स्वास्थ्य र सेवाभन्दा माथि व्यवसायीको नाफाखोरी र कालोबजारी हुन नसक्ने बताउँदै हालको अन्योल र असाहज परिस्थितिको कारक नेपाल सरकार नभएको विज्ञप्तिमा बताईएको छ । 

नेपाल फार्मेसी संघले विज्ञप्ति मार्फत नै नेपाल सरकार समक्ष केही मागहरु प्नि राखेको छ । संघले जेनेरिक प्रिस्क्रिप्सन लागु गरिनु पर्ने, औषधिमा बोनस, स्किम र नेट मार्केटको अन्त्य गरिनु पर्ने, सबै औषधि र औषधिजन्य सामग्रीको अधिकतम खुद्रा मुल्य नेपाल सरकारले निर्धारण गर्नु पर्ने माग राखेको हो । संघले सरकार कुनै पनि कुरामा कमजोर नरहेको उल्लेखगर्दै अनुचित नाफाखोरी र कालाबजारी गर्ने बिरुद्ध कालाबजारी ऐन अन्तर्गत कारबाही गरीनुपर्ने माग समेत राखेको छ । 

मन्त्रीपरिषद्ले बिदेशी औषधि आयातमा लगाएको प्रतिबन्ध बिरुद्ध नेपाल औषधि आयातकर्ता संघ आन्दोलनमा छन् भने नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघले मन्त्रीपरिषद्को निर्णय फिर्ता लिन अपिल गर्दै औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । 

Last modified on 2017-06-14 16:03:17

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts