कानमा पानी पस्दा यस्तो खतरा (भिडियो सहित)



Download our app to get more features

कान पाक्ने, दुख्ने वा विभिन्न समस्याले धेरैलाई सताएको हुन्छ । कानमा यस्तो समस्या सृजना हुने एक प्रमुख कारण हो, कानमा पानी पस्नु । कानमा बिभिन्न कारणले पानी पस्छ । हेर्दा सामान्य लागेपनि यो समस्याको बेलैमा समाधान नगरिए गम्भीर प्रकृतिका रोग ननिम्तेला भन्न सकिन्न । कानमा पानी पस्नबाट कसरी जोगाउने ? पसिहाले के गर्ने ? नाक,कान,घाँटी रोग विशेषज्ञ डाक्टर दिवीत अधिकारीको सुझाव यस्तो छ । 

कान तीन तह मिलेर बनेको हुन्छ । भित्रि कान, मध्य कान र बाहिरी कान । तुलानात्मक रुपमा भित्रि कान र मध्य कानमा देखा पर्ने समस्या भन्दा बाहिरी कानमा देखा पर्ने समस्या सामान्य हुन्छन् । 

कानमा पानी मूख्यतः नुहाँउदा, पौडी खेल्दा, पानीमा भिज्दा पस्ने गर्छ ।

 धेरैजसोको पानी पसेको २४ घण्टामा आफै निस्कन्छ । तर त्यो अवधिमा निस्किएन भने समस्या आउँछ । कानको प्रकृति हेरेर कसैको धेरै कानेगुजी हुन्छ, त कसैको थोरै । पानी पस्दा थोरै कानेगुजी हुनेको सहजै निस्कन्छ भने धेरै हुनेको कानेगुजी ढाडिएर फुल्छ । जसले गर्दा पानी बाहिर निस्कन पाउँदैन ।

कानमा पानी पस्दा सुरुवाती चरणमा निम्न समस्या देखापर्छः

  • श्रवण शक्ति कम हुने ।
  • कान दुख्ने ।
  • कान च्वास् च्वास् गर्ने ।
  • कान चिलाउने ।
  • कान ढम्म हुने ।

पानी पस्न नदिन यसो गर्नुस् :

  • नुहाउनु अगाडी कपासमा भ्यासलिन वा आफुसँग भएको क्रिम दलेर कानमा राख्ने ।
  • पौडी खेल्दा इयर पल्क लगाउने ।
  • कानमा पानीले फोर्सले नहान्ने ।

सकेसम्म कानमा पानी पस्न दिनु हुँदैन । तर पसिहाले पानी पसेको कानको लोती समाएर बिस्तारै कानलाई तलतिर ढल्काउने ।   निको भैहाल्छ भनेर हेलचेक्र्याईं गर्ने प्रवृतिले अन्ततः कानको जालीनै फुट्ने अवस्थासम्म आउँछ । कानमा पानी बाहिर आएन भने पानीमा ढुसी पर्छ, इन्फेक्सन हुन्छ र कान पाक्नुको साथै जालीमा असर गर्न सक्छ । यसर्थ पानी बाहिर ननिस्किए चिकित्सककोमा परीक्षण गराउनु पर्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-14 16:04:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts