गर्मीे बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढे



Download our app to get more features

बैतडी, ७ जेठ । गर्मी बढेसँगै बैतडीमा झाडापखालाका बिरामी बढेका छन् । जिल्लाभरिका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामी बढी आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । 

जिल्ला अस्पताल बैतडीमा आजभोलि दैनिक ३० भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको डा दिलीप जोशीले जानकारी दिए । 

वैशाख महिनादेखि अस्पतालमा आउने बिरामीमध्ये अधिकांश झाडापखालाका बिरामी आउने गरेका छन्, उनले भने – “तीमध्ये बालबालिका बढी प्रभावित भएका छन्”, अस्वस्थ खानपान र दूषित खानेपानीका कारण झाडापखालाका बिरामी बढेको छ ।”

यस्तै पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा पनि गएको वैशाख महिनादेखि झाडापखालाका बिरामी बढेको डा नवीन्द्र ढकालले जानकारी दिनुभयो । जिल्लाको न्वालीलगायतका क्षेत्रमा झाडापखाला देखिएको छ । 

यसैबीच गर्मीयाममा विभिन्न किसिमका सरुवा रोग लाग्ने भएकाले सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । बैतडीमा अहिले झाडापखालाका बिरामीको सङ्ख्या बढेकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए । 

झाडापखाला, आउँ, हैजाजस्ता सरुवा रोग सरसफाइको कमीले लाग्ने भएकाले सबैले सरसफाइमा ध्यान दिन उनले आग्रह गरे । रासस
 

Last modified on 2017-06-14 16:05:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts