स्वास्थ्य सेवामा नेपाल भन्दा भारत पछाडी



Download our app to get more features

हेल्थकेयरमा नेपाल एशिया राष्ट्रहरुमा निकै नै राम्रो रहेको एक तथ्याकंले देखाएको छ । 

एशिया राष्ट्रहरुको अन्य देशहरुको तुलनामा भारत धेरै नै पछाडी रहेको छ । यो रिपोर्ट लण्डनको मेडिकल The Lancet  मा प्रकाशित गरिएको छ । The Lancet  भनिएको छ , “स्वास्थ्य सुचकांकमा भारतको अवस्था अन्य एशियाली देशहरुको तुलनामा धेरै नै कमजोर छ । हेल्थकेयरमा बंगलादेश, भूटान, श्रीलंका, नेपाल र चीन भन्दा भारत तल्लो स्थानमा छ ।”

रिपोर्टमा १ सय ९५ देशहरुबाट लिइएको तथ्याकंमा भारतको अवस्था कमजोर देखाइएको छ । सन् १९९० देखि २०१५ अर्थात २५ वर्ष सम्म गरिएको उक्त सर्वेमा भारतमा सामाजीक–आर्थिक उन्नती भएपछि हेल्थ केयरमा भने भारतले कुनै पनि प्रगति नगरेको पाइएको छ ।

रिपोर्टका अनुसार, भारतको स्वास्थ्य सुचकांकमा १४ दशमलव १ प्रतिशतले बृद्धि भएको छ । पछिल्लो २५ वर्षमा यो ३० दशमलव ७ बाट बढेर ४४ दशमलव ८ पुगेको छ । तरपनि यो बढोतरी अंक सार्कका अन्य राष्ट्रहरु श्रीलंका (७२.८), बंगलादेश (५१.७), भूटान (५२.७७) र नेपाल (५०.८) भन्दा धेरै कम छ । 

रिपोर्टमा भनिएको छ, “Neonatal disorders बाट हुने  मृत्युको रोकथाम गर्नका लागि नराम्रो तथ्याकं हो, जसले इन्डेक्सको रेट १४ देखिएको छ । ”

यी रोगहरुमा पछि छ भारत

वाथ मुटुरोगमा भारतले २५ अंक प्राप्त गरेको छ भने क्षयरोगमा २६, किड्नी रोगमा २० अंक प्राप्त गरेको छ । त्यस्तै मधुमेहमा ३८, ऐपेन्डिक्समा ३८ र अल्सर रोगमा ३९ अंक प्राप्त गरेको छ ।

यसैगरी, सार्क राष्ट्रहरुमा भारत पछि रहेपनि पाकिस्तान र अफगानिस्तान यस्ता देशहरु छन् जुन भारत भन्दा पनि पछि रहेको छ । स्वास्थ्य सुचकांकमा पाकिस्तानको ४३ दशमलव १ अंक छ भने त्यहि अफगानिस्तानको स्वास्थ्य सुचकांक ३२ दशमलव ५ रहेको छ ।

 

(एजेन्सी)

Last modified on 2017-06-14 16:06:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts