कतै तपाईँपनि दुधसँग यी खानेकुरा त खाँदै हुनुहुन्न ?



Download our app to get more features

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाई निकै फाइदा गर्छ ।

तर, यदि दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । 

हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौं । तर, यदि खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
दुध र दही कहिल्यै पनि एकै साथ खानु हुुन्न । दही र दुधसँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

दुधको साथमा केरा, सुन्तला, आप, अंगुर आदी । किन कि यि फलहरुको सेवनले कफ बढाउँछ । त्यस्तै माछा पनि दुधका साथ खानु हुन्न । किनकी माछा सँगै वा खाइसकेपछि दुध पिउनाले ग्यास्ट्रिक हुने, छाला सम्बन्धी समस्या हुने, एलर्जी हुन सक्छ ।

यसैगरी मूलासँग पनि दुध पिउनु हुन्न । किनकी मूलाको सेवन गरिसकेपछि तुरुन्तै दुध पिउनाले छालामा समस्या हुने गर्छ । साथै अन्य स्वास्थ्य सम्बन्धी समस्या पनि उत्पन्न हुन सक्छ । यदि मूला खानु नै छ भने दुध पिएको करिब २ घण्टापछि मात्रै पिउनु पर्छ ।

दुधसँग नुन, कटहर, सुन्तला पनि खानु हुन्न । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ । सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

 

(एजेन्सीको सहयोगमा) 

Last modified on 2017-06-14 16:06:56

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts