प्रवासी नेपालीबाट ७ एम्बुलेन्स सहयोग



Download our app to get more features

खोटाङ, ६ जेठ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । 

खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्त्र्याएको हो । 

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकटका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रवासबाट एम्बुलेन्स प्रदान गरिएको समाजका सचिव पर्शुराम श्रेष्ठले बताए । कतार, मलेसिया, साउदी अरब, दक्ष्णि कोरियालगायत देशमा कार्यरत युवाबाट सङ्कलित रु १८ लाख एम्बुलेन्स खरिद गरिएको हो । 

खोटाङ सेवा समाजले शुक्रबार खोटाङ एकता सेवा समाजलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रासस 
 

Last modified on 2017-06-14 16:15:14

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts