धुँवा धुलो र गर्मीयाममा आँखालाई स्वस्थ राख्न विशेषज्ञको सुझाव (भिडियो सहित)



Download our app to get more features

आँखा स्वास्थ र सौन्दर्यको लागि महत्वपूर्ण अंग हो । विशेष गरेर गर्मी समयमा आँखामा विभिन्न समस्या देखा पर्छन् । थोरै मात्र लापरवाहीले पनि सदाका लागि दृष्टि गुम्ने संभावना रहन्छ । यस अर्थ बढी धुँवा, धुलो र गर्मी समयमा आँखाको हेरचाह यसरी गर्न सुझाब दिन्छिन् आँखा रोग विशेषज्ञ डा. संजिता सिटौला । 

आँखा शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखा नहुँदो हो त हाम्रो लागि सबै अध्यारो हुन्छ । आँखा जति संवेदनशील छ, त्यति नै यसमा रोग लाग्ने संभावना पनि बढी छ ।  प्रायजसो गर्मी मौसममा आँखामा विभिन्न समस्या देखा पर्छ । अझ काठमाडौं लगाएतका बढी धुँवा धुलो हुने स्थानमा त यो समस्या भयावह भन्दै गएको छ । 

धुँवा धुलोले आँखामा यस्तो असर गर्छ :

  • आँखा चिलाउने ।
  • आँखा बिजाउने ।
  • आँखा पोल्ने ।
  • धमिलो देखिने ।
  • आँखा रातो हुने ।
  • आँसु बगिरहने ।
  • हेर्न गाह्रो हुने ।
  • एलर्जी हुने ।
  • आँखा सुख्खा हुने ।

आँखाको सुरक्षा यसरी गर्ने :

  • संभव भएसम्म धुँवा धुलोमा नहिड्ने ।
  • बाहिर हिड्डुल गर्नु परे धुँलो नछिर्ने चस्माको प्रयोग गर्ने ।
  • बीच बीचमा सफा रुमाल वा चिसो बस्तुले आँखाको वरीपरी सफा गर्ने ।
  • घर पुगे पछि सफा पानीले राम्रोसंग आँखा धुने ।
  • प्रशस्त पानी पिउनुको साथै हरियो सागपात तथा फलफूल खाने ।
  • आँखामा समस्या आए जथाभावी औषधि प्रयोग नगर्ने ।

लामो समयसम्म संक्रमण भई रहनु आँखाको लागि हानिकारक हुन सक्छ  । यस्तो संक्रमणको बेलैमा उपचार नगरे आँखामा फुलो पर्नुको साथै विभिन्न समस्याले दृष्टि नै गुम्न सक्छ । यस अर्थ पनि कुनै पनि समस्या देखिए तुरुन्त विशेषज्ञ चिकित्सककोमा आँखा परीक्षण गराउनु पर्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-14 16:20:13

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts