प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने नयाँ माग थप्दै डा. केसीद्धारा ११औं अनसनको घोषणा



Download our app to get more features

काठमाडौँ, ३ जेठ । दशौ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले आगामी ९ जेठसम्म आफ्ना माग पुरा नभए १० जेठ देखि एघारौँ अनसन बस्ने घोषणा गरेका छन् । प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने नयाँ माग थप्दै डा. केसीद्धारा ११औं अनसनको घोषणा गरेका हुन् ।

डा. केसीले गत पुस २३ गते डा. केसीले आफ्ना माग पुरा गर्न सरकारलाई जेठ ८ गतेसम्मको समय दिएका थिए । विगतमा भएका सम्झौताको कार्यान्वयन सगै प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध लगाईएको महाअभियोग फिर्ता लिनुपर्ने दुई वटा माग अघि सार्दै उनले एघारौँ अनसन बस्ने चेतावनी दिएका हुन् ।
बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले  सरकार माफियाद्धारा सञ्चालित भएको बताउँदै पुर्न सत्याग्रहको बाटो रोज्न विवस भएको बताए । उनले विगतमा आफूसंग भएका सम्झौताहरु कार्यान्वयनको साटो उल्लंघन हुन थालेको भन्दै त्यसको खवरदारी र दवाव दिन अनसनको बाटो रोजेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै डा. केसीले भने ‘गत दशौँ सत्याग्रहमा गरिएका अरु सबै सम्झौताहरु कार्यान्वनय गर्नुपर्ने र प्रधान न्यायधीश सुशीलाकार्की माथि लगाइएको महाअभियोग तुरुन्त फिर्ता नगरे  आगामी ९ जेठसम्म पुरा नभए १० गतेबाट सत्याग्रह सुरु हुन्छ ।’

 

Last modified on 2017-06-14 16:23:24

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts