उच्च रक्तचापलाई जडैदेखि हटाउन अपनाउनुस् यो सजिलो उपाय
सन्दर्भ : विश्व उच्च रक्तचाप दिवस
आज विश्व उच्च रक्तचाप दिवस, नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँछ । अहिलेको समयमा उच्च रक्तचाप हाम्रो जीवनमा सामान्य रोग बनिसकेको छ । उच्च रक्तचाप (High Blood Pressure) वा हाइपरटेन्शन (Hypertension) सुन्नमा सामान्य तर महामारी रोग हो । यो रोग वर्तमान समयमा विश्वभर नै तिव्र गतिमा फैलिँदै गइरहेको छ । बदलिँदो समय र नियमितको भागदौडले हामीले आफ्नो खानपानमा समावेश गर्ने गरेको फास्ट फूड, त्यसमा प्रयोग हुने विभिन्न किसिमका पदार्थ र तनावले गर्दा उच्च रक्तचापले सजिलै च्याप्ने गर्छ । त्यसैले उच्च रक्तचापबाट जो कोही पनि सजिलै ग्रसित हुने गरेका छन् । उच्च रक्तचापले मुटुको रोग, स्ट्रोकका साथै मलद्वार सम्बन्धी रोग लाग्ने पनि खतरा हुन्छ ।
उच्च रक्तचाप सामान्य रोग बुझिने भएकाले बजारमा यसका लागि विभिन्न औषधिहरु पनि पाइन्छन् । जुन औषधिले उच्च रक्तचापलाई नियन्त्र गर्ने काम गर्छ । तर, धेरै औषधि सेवन गर्नाले पनि हामीलाई नराम्रो असर गर्न सक्छ । धेरै औषधि खाइ रहनाले पछि ती औषधिहरुले काम गर्नै छाड्छन् ।
उच्च रक्तचापका लागि पूर्णरुपले औषधिमा नै निर्भर हुनु राम्रो भने होइन । किनकी औषधिको सेवनले तपाईँलाई सन्चो भएपनि यसले लामो समयसम्म भने आफ्नो प्रभाव देखाउन सक्दैन । जबसम्म तपाईँ औषधि खानु हुन्छ त्यति समयको लागि मात्रै फाइदाजनक हुन्छ ।
उच्च रक्तचापलाई पूर्णरुपले निको पार्न बाजारका औषधिहरुले सक्दैन । यदि तपाईँ वा तपाईँको कोही आफ्नोलाई यो रोगबाट छुट्कारा पाउन चाहनु हुन्छ भने त्यसका लागि आयुर्वेद भन्दा राम्रो उपचार अरु केही छैन ।
आज उच्च रक्तचाप दिवसको अवसरमा हामी तपाईँलाई यस्तो उपाय बताउने छौँ जसले तपाईँ उच्च रक्तचापलाई नियन्त्रणमा गर्न सक्नु हुनेछ । आज हामी जुन उपायको बारेमा तपाईँलाई बताउँदै छौँ त्यसले तपाईँको Hypertension अर्थात् उच्च रक्तचापलाई जडैदेखि हटाउन सक्ने क्षमता राख्छ । साथै यो उपाय अपनाउनाले रक्त धमनिहरुलाई पनि सफा गर्ने काम गर्छ ।
जानौँ रक्तचाप जडैदेखि हटाउने गजवको उपायबारे :
सामग्री :
४ cm अदुवा
४ कागती (बोक्रा सहितको)
४ लसुनको गेडा
२ लिटर शुद्ध पानी
विधि :
पहिला कागतीलाई दुई टुक्रा बनाएर काट्ने । त्यसपछि अदुवा र लसुनको बोक्रा हटाएर पानीले पखाल्ने र काटेको कागती सँगै मिक्सचरमा पिस्ने । अब त्यस मिश्रणलाई एउटा सफा भाँडोमा निकालेर राख्ने र थोरै–थोरै पानी राखेर मधुरो आगोमा पकाउने । जब यो मिश्रण राम्ररी पाकि सक्छ अनि सेलाउन दिने । सेलाइ सकेपछि उक्त मिश्रणलाई सफा काँचको बोतलमा राखेर फ्रिजमा राख्ने ।
तयार मिश्रणलाई नियमित दिनमा दुई पटक खाना खानु भन्दा करीब २ घन्टा पहिले खाने गर्नुपर्छ । नियमित सेवन गरेको केही समयपछि तपाईँ आफ्नो प्रेसर जाँच गराउन सक्नु हुनेछ । नतिजा तपाईँले सकारात्मक र अविश्वनिय रुपले राम्रो पाउनु हुनेछ ।
(एजेन्सीको सहयोगमा)
11 Comments
-
Yo ramro cha
-
cm aduwa vannale kasto ho n kati size ko halnu parxa
-
pakaune matr spast vexa pakauda khery pani 2liar vnexa purai halne ki kati, ani khada kheri kati khane spast gardinu pariyo
-
Jankari ko lagi dhanyabad bt. Kati khane vanera khulaunu vayena rw pahila dhekhi khadai gareko medicine khane ki xodne jankari pauna sakinxa.....
-
kati matra khane pakayeko jhol kati bhayeko hunu parne khana khanu bhanda 2ghanta pahile kati khanu parne khulast bhayen
-
रक्तचापको बिषयमा थोरै थोरै पानि पकाउने भनियकोमा कति कति हालि पठाउने र दुई लिटर पानीलाई कति लिटर बाकिहुनेगरि पठाउने?
-
कहिले सम्म कती खाने हो ?खुलाईदिनुभये राम्रो ।
-
kura k x bhane 4cm aduya ko pariman k ho bujhan sake n.
-
Many thanx,dherai nai Ramiro upay..
-
यसमा तयारी मिश्रण एक पटकमा कति खाने ? कृपया जानकारी दिनु भए आभारी हुने थिए ।
-
Good tip
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>