टाउको दुखेको छ भने अपनाउनुस यि चार उपाय



Download our app to get more features

गर्मी बढेसँगै मानिस अनेक समस्याबाट प्रभावित हुन थाल्छन् । ती मध्ये एक हो टाउको दुख्ने । टाउको दुख्ने समस्या गर्मी मौसममा प्रायः जसो सबैलाई हुने गर्छ । किनकी अत्यधिक घाममा हिड्नु, धूलोधुँवा र थकावट भएसँगै पनि टाउको दुख्न थाल्छ । त्यसैले यो समस्या गर्मीमा हुनु सामान्य नै हो । तर, टाउको दुख्यो भन्दैमा कतै तपाई धेरै औषधि त प्रयोग गर्दै हुनुहुन्न ? यदि धेरै औषधि प्रयोग गर्नुहुन्छ भने त्यसले पनि टाउको दुख्ने समस्या निमत्याउन सक्छ र अन्य रोगहरुपनि लाग्न सक्छ । तर, हामी तपाईको टाउको दुखाईको समस्याबाट छुट्कारा दिलाउन ४ यस्ता उपाय जानकारी दिदैँछौ जसले तपाईँको टाउको दुखाईबाट छुट्कारा दिन धेरै नै सहयोग पुग्नेछ ।

अहिलेको समयमा हामी सानो भन्दा सानो स्वास्थ्य समस्या देखा पर्दा आत्तिएर छिट्टै औषधि प्रयोग गर्ने गर्छौ । यसले गर्दा टाउको दुख्ने समस्या पनि हुनसक्छ ।

चिकित्सकहरुले टाउको दुख्ने समस्याबाट छुट्कारा पाउन केही घरेलु उपाय अपनाउन सुझाव दिएका छन् । ती घरेलु उपायहरु यसप्रकार छन् ः–

अदुवा

टाउको दुख्ने समस्यामा अदुवाको सेवन लाभदायक मानिन्छ  । रक्तकोषिकाको माध्यमबाट हुने दुखाईलाई कम गर्न अदुवाले काम गर्छ । अदुवालाई पानीमा उमालेर पिउनुलाई पनि फाइदाजनक मानिएको छ ।

दालचीनी

टाउको दुखाईबाट छुटकारा पाउन दालचीनीको प्रयोग फाइदाजनक मानिन्छ । दालचीनीलाई पिसेर धुलो बनाई पानीको मिश्रणमा टाउको दुखेको अवस्थामा लगाउँदा केही क्षण पछि आराम महशुस हुन्छ ।

ल्वाङ

टाउको दुखाईबाट छुटकारा पाउन ल्वाङ पनि एक अचुक औषधिको रुपमा मानिन्छ । ल्वाङले दुखाईलाई नियन्त्रण गर्छ । केही ल्वाङका टुक्राहरुलाई सफा कपडामा बाँधेर केही क्षण सुँघिरहदा टाउको दुखाई विस्तारै कम हुँदै जान्छ ।

चमेली फुलको चिया

चमेली फुलको चिया सेवनबाट टाउको दुखाईलाई कम गर्न सकिन्छ । टाउको दुखिरहने समस्या हुने व्यक्तिले चमेली फुलको चिया नियमित सेवन गर्दा फाइदाजनक मानिन्छ । चमेली फुलको चियामा आफ्नो स्वाद अनुसार केही चिम्टि बेसार मिसाएर सेवन गर्न सकिन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-14 16:27:29

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts