हैजाको प्रकोप सुरु भएपछि यमनमा राज्य सङ्कटकालको घोषणा



Download our app to get more features

साना (यमन), २ जेठ । सिते विद्रोहीहरुको बलियो प्रभाव रहेको यमनी राजधानी सानामा हैजाको भीषण प्रकोप सुरु भएपछि राज्य सङ्कटकालको घोषणा गरिएको छ ।

हैजाको प्रकोप भीषण रुपमा फैलिन थालेपछि सो कदम चालिएको अधिकारीहरुले जनाएका छन् ।

हुथी विद्रोही समूहद्धारा सञ्चालित स्वास्थ्य मन्त्रीले यस प्रकोप अनियन्त्रित भएको अन्तर्रा्ष्ट्रिय मानवीय सहयोगको लागि अपिल गरिएको जानकारी दिए ।

‘इन्टर नेसनल कमिति अफ द रेड क्रस’का अनुसार गत अप्रिल २७ बाट शनिबारसम्म यस हैजाको कारण ११५ व्यक्तिको मृत्यु भईसकेको छ भने ८ हजार ५ सय विरामी परेका छन् ।

अरब विश्वको यस गरिब राष्ट्रमा एक बर्ष भन्दा कम समयमा दोस्रो पटक हैजाको प्रकोप सुरु भएको बताइएको छ । रासस

 

Last modified on 2017-06-14 16:27:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts