बालबालिकाको दाँतमा देखिने समस्या र दन्त रोग विशेषज्ञको सुझाव



Download our app to get more features

च्चाको स्वास्थ्य अवस्था अन्य उमेर समुहका व्यक्तिको भन्दा बढी संवेदनशील हुन्छ । त्यसमा दातँको समस्या बच्चाहरुमा धेरै देखिन्छ । दाँतमा आउने विभिन्न समस्या बिस्तारै जटिल बन्दै जाने हुनसक्छ । त्यसैले यस तर्फ अभिभावक बैलैमा चनाखो हुनपर्छ । बच्चा अवस्थामा दाँतमा कस्ता समस्या आउँछन् र कसरी निराकरण गर्ने दन्त रोग विशेषज्ञ डा. बन्दना शाह :

बच्चा बेलादेखि नै दाँतलाई स्वस्थ राखियो भने पछिसम्म दाँतको रोग लाग्ने सम्भावना न्यून हुन्छ । त्यस अर्थ बच्चाले आफ्नो स्वास्थ्यको राम्रो ख्याल नगर्न सक्छ । तर अभिभावकले भने विशेष ध्यानदिनु पर्छ । 

यस कारण बच्चाको दाँतमा समस्या आउँछ  ः

१. दाँत नियमित सफा नगर्नु ।
२.बढी गुलियो खानु र गुलियो खाएपछि दाँत सफा नगर्नु ।
३. दाँत ब्रस गर्दा दाँत फाटिन्छ भन्ने धारण राख्नु ।
४.बेलुका सुत्नु अगाडी दुध वा गुलियो कुरा खाएर दात सफा नगर्नु ।

बच्चाका दातँमा देखिने प्रमुख समस्या :

बच्चाको दाँतका देखिने प्रमुख समस्या भनेको बढी गुलियो खाने कुरा धेरै खाने, दाँत सफा नगर्नाले दाँत कालो हुने, खिइने र किराले खाने हो । दाँत लामो समयसम्म सफा नगर्दा दाँतका क्याभिटी (दाँतमा प्वाल पर्ने) हुन्छ र किरा लाग्नुका साथै अन्य समस्या आउँछ ।
दाँतमा लामो समय समस्या भइरहे अन्य अंगमा पनि समस्या देखिन्छ :

१. गिजा पाक्ने, गिजाबाट पिप वा रगत आउने ।
२.आँखा सुन्निने ।
३.मुख सुन्निने ।

समयमै उपचार नभएर गिजा चिर्ने वा अन्य अंगमा पनि शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।

बच्चाको दाँतलाई यसरी सुरक्षित राख्नुस् :

१. आमाको दुधमा धेरै व्याक्टेरिया हुने भएकाले दुध चुसाएपछि सफा नरम कपडाले दाँत सफा गरिदिने ।
२. बच्चाहरुको दाँत पलाएको छैन भने पनि गुलियो कुरा जस्तै दुध लिटो वा अन्य कुरा खुवाए पछि मनतातो पानी खुवाउने । 
३. दाँत आएदेखि नै सानो नरम ब्रसले अभिभावकले विस्तारै ब्रस गरिदिने ।
४.विशेष गरेर सुत्ने समयमा गुलियो कुराहरु नखुवाउने ।
५.कम्तिमा दिनको दुई पटक बिहान बेलुका खाना खाएपछि दाँत ब्रस गरिदिने ।

धेरैलाई भ्रम छ कि, दाँतमा समस्या आएपनि गम्भीर प्रकृतिको समस्याहरु आउँदैनन् । बच्चाको दाँत परिवर्तन हुन्छ भन्ने सोचका कारण पनि अभिभावकहरु त्यति धेरै जिम्मेवार देखिँदैनन् । जसले गर्दा पछि ठूलो समस्या झेल्न बाध्य हुन्छन् । 

Last modified on 2017-06-14 16:28:36

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts