एक सय १५ वर्षीया लामिछानेबाट मतदान
नुवाकोट, ३१ वैशाख । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गरेकी छन् ।
उनले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिए ।
विसं १९५९/१२/१० मा जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताइन । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गरिन् । रासस
Last modified on 2017-06-14 16:32:47
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>