स्वास्थ्य मन्त्री थापामाथि कपनमा दुर्व्यवहार



Download our app to get more features

काठमाण्डौं, ३० बैशाख । निर्वाचन आचारसँहिताको उल्लघंन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले शनिबार कपनको जोरधारामा मत माग्दै हिडेको भन्दै  एमाले कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन् । 

मन्त्री थापा  कपन पुगेर मत माग्दै हिडेको एमाले कार्यकर्ताहरुले आरोप लगाएका छन् । 

मन्त्री थापा मत माग्न नभई बिरामी आफन्तलाई भेट्न कपन पुगेका मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीले बताए । उनले भने ‘आफन्तलाई भेट्न जादा एमालेका कार्यकर्ताले बाटो मै अवरोध गरेर आचारसंहिता उल्लघंन गरेको भन्दै जान दिएनन् ।’

मौन अवधिमा मत माग्न नपाइने आचारसंहिताको विपरित मन्त्री थापा मत माग्दै हिडेको भेटिएपछि विरोध गरेको एमाले कार्यकर्ताको दावी रहेको छ । ‘यो गलत हो, सरासर उनीहरुले गैर राजनीतिक चरित्र हत्या गर्न खोजेका हुन् ।’ संयोजक भण्डारीले भने ।  

त्यहाँ अप्रिय घटना नघटोस भनेर मन्त्री थापा बिच बाटै फर्केका थिए । भण्डारीले भने ‘उहाँले पछिल्लो समयमा गरेका राम्रो कामबाट आत्तिएर एमालेका कार्यकर्ताले अवरोध गरेका हुन्, यो उनीहरुको गैर राजनीतिक व्यवहार हो ।’ 

मन्त्री थापा भाग्दै गर्दा सुकेधारामा मोटर साइकललाई ठक्कर दिएको बिषयमा भण्डारीले भने मन्त्रीको गाडी पिछा गर्दा उनीहरु आफै लडेका हुन् । 

घाइतेको ओम अस्पतालमा उपचार भइरहेको बताइए पनि अस्पतालले भने केही बताएको छैन । मन्त्री थापा ओम अस्पताल आएका र त्यहाँ एमाले कार्यकर्ताले बस्न नदिएको भने अस्पतालले जनाएको छ । 
फाइल तस्बिर

Last modified on 2017-06-14 16:37:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts