औषधि आयात ठप्प पार्ने आयातकर्ता संघको विरुद्ध चार संगठन
काठमाडौं, ३० बैशाख । नेपाल औषधि आयातकर्ता संघले आन्दोलन गर्दै आयात ठप्प पार्ने निर्णयको विभिन्न सारोकारवालाहरुले यसको विरोध गरेका छन् ।
नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि व्यवसायी संघले संयुक्तरुपमा शुक्रबार विज्ञप्ती जारी गर्दै आयात ठप्प पार्ने व्यवसायीहरुको निर्णयको विरोध गरेका हुन् ।
संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै औषधि उत्पादनको क्षेत्रमा लागेको नेपाली औषधि उद्योगको प्रवर्धन एवं सरकारले जनतालाई गुणस्तरीय औषधि सस्तो मुल्यमा उपलब्ध गराउन लागेकोमा खुसी व्यक्त गर्दै आयातकर्ता व्यवसायीहरुको आन्दोलनको भत्सर्ना गरेका हुन् ।
सरकारले चालेको सकारात्मक कदमको विरोध गर्दै प्रोपोगान्डा बजारिकरण गर्ने समुहले आयात बन्द गर्ने भ्रम फैलाएको आरोप लगाएका छन् । ‘मानव जीवनसँग प्रत्येक्ष संलग्न औषधि जन्य विषयलाई आफ्नो स्वार्थपूर्ण माग पुरा गराउने हतियार बनाउने कार्यको हामी भत्सर्ना गर्छौ’ विज्ञप्तिमा भनिएको छ ।
आयातकर्ता संघले औाषधि आयात ठप्प पार्ने लयायतका विरोधका कार्यक्रम अनुसार शुक्रबार मुखमा कालोपट्टि बाँधेर औषधि व्यवस्था विभागमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
स्वास्थ्यमन्त्री थापाको अभिव्यक्ति विरुद्ध नेपाल औषधि आयातकर्ताको आन्दोलन
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>