एमाले सांसद बडाल अस्वस्थ
काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बडालको मुटुमा समस्या देखिएकाले शुक्रबार साँझ नै शल्यक्रिया गरिएको छ ।
शुक्रवार अपराह्न पार्टी कार्यालय पुगेका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएको थियो र त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
उनको अवस्था अहिले सामान्य भएको अस्पताल स्रोतले बताएको छ ।
Last modified on 2017-06-14 16:39:44
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>