तपाईको भान्सामै छ सौन्दर्य बढाउने मसला 



Download our app to get more features

हामी दैनिक त्यस्ता धेरै मसलाहरु प्रयोग गरिरहेका हुन्छौँ । जसले सौन्दर्यता कायम राख्न निकै महत्व पूर्ण भूमिका निर्वाह गर्दछ । जसले सौन्दर्यको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ जसको विषयमा धेरैलाई जानकारी नै छैन । 

सुकमेल :  सुख्खा छाला भएका मानिसहरुको छालालाई मुलायम बनाइराख्न सुकमेलकोे प्रयोगले निकै ठूलो सहयोग पुग्छ । पाँच वटा सुकमेललाई धुलो बनाएर जैतुनको तेल अथवा वेवी आयलमा मिसाएर राम्रोसँग फिट्नु पर्छ । त्यसलाई एउटा सफा सिसीमा भण्डार गरेर राखी समय समयमा मालिस गर्नाले छाला ताजा चम्किलो हुनुको साथै वास्ना आउने हुन्छ । 

दालचिनी : दालचिनीको प्रयोगले छालाले पानी सोसेर राख्ने प्रक्रियालाई घटाउँछ । यसका साथै दालचिनीले कन्डसनरको पनि काम गर्दछ । त्यति मात्र होइन । दालचिनी लेप हातखुट्टा तथा शरीरको अन्य भागमा नियमित लगाउनाले छालामा देखा परेको चाउरीपनको समस्यालाई कम गरी छालालाई सुन्दर चमकता ल्याउन मदत पु¥याउँदछ । 

वेसार : वेसार सौन्दर्य बृद्धि गराउने एक महत्वपूर्ण औषधि हो । निमको पातमा १/२ चम्चा शुद्ध वेसार मिसाई राम्ररी फिटेर लेप बनाएर लगाउँदा छालामा चमकता बढ्दै जान्छ । त्यतिमात्र होइन यसरी बनाएको लेप नियमित रुपमा लगाउँदा खुट्टा गन्हाउने समस्याबाट पनि मुक्त रहन सकिन्छ । खुट्टाको औला औला विचको चेपचेपमा लगाउने र सुकेपछि सफा पानीले पखाल्ने गर्नाले खुट्टा गन्हाउने र जुत्ताले बनाएको घाउको समेत औषधिक रुपमा प्रयोग गर्न सकिन्छ ।  

केशर : केशरले सौन्दर्यमा ठूलो भूमिका खेलेको हुन्छ । केशरले छालाको रंग सुधार्न मद्दत पु¥याउँछ । आधा कम जैतुनको तेलमा अलिकति देशी वदामको तेल र अलिकति केशर मिसाएर तावामा राखी तातिरहेको पानीको भाडामा नडुब्ने गरी राख्ने । विस्तारै केशर पग्लदै गएपछि त्यसलाई बट्टामा खनाएर राख्ने र प्रत्येक हाप्ता नुवाएपछि जिउ भरी तेल लगाएर मालिस गर्नाले छालाको रंगमा सुधार आउनुको साथै छाला स्वच्छ र ताजा बनाइ राख्छ । 

लसुन : लसुनले भित्री स्वास्थ्यमा मात्र नभएर बाहिरी सुन्दरर्तामा पनि निकै सहयोग पु¥याउने गर्दछ । हरेकको भान्सामा पाइने लसुनले छालामा देखा परेको धब्बाहरुलाई हटाउने काम गर्दछ । नियमित लसुनको सेवनले रगत सफा बनाउँछ र एन्टोसेष्टिकको काम पनि गर्छ । जसले गर्दा छालाको सुन्दरता बढेर जान्छ । 

Last modified on 2017-06-14 16:40:32

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts