‘दिगो विकास लक्ष्य–३’ प्राप्तिमा सरोकारवालाहरु प्रतिबद्ध



Download our app to get more features

काठमाण्डौ, २८ बैशाख । संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्य–३’ प्राप्तिका लागि आफूहरु प्रतिबद्ध रहेको सरोकारवाला निकायले बताएका छन् । 

युनाइटेड नेसन्स युथ एन्ड स्टुडेन्ड एसोसिएसन नेपाल (युनिसान)ले बुधबार गरेको ‘दीगो विकास लक्ष्य–३ प्राप्तिका लागि मेडिकल डाक्टरहरुको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपती प्रा.डा. अर्जुन कार्कीले केही चिकित्सक मात्र लागि परेर सफल नभईने बताउँदै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन जनशक्तिकोे आवस्यकता रहेको बताए । ‘स्वास्थ्य सेवाको लागि भवन बनेको हुन्छ, सामान हुन्छ, औषधि हुन्छ तर त्यहा चिकित्सक, नर्स हुन्दैनन् । जसले गर्दा स्वास्थ्य सेवा पाउन सक्दैनन्’ डा. कार्कीले भने । 

युवा चिकित्सकहरुलाई लक्ष्यित गर्दै डा. कार्कीले सुरुदेखि नै नैतिकतामा बसेर काम गर्नु पर्ने बताए । ‘डाक्टरले पढ्ने बेला बिरामीमार्फत धेरै कुरा सिक्ने मौका पाएका हुन्छन् । बिरामीहरुले आफ्नो दुःख सहेर चिकित्सकहरुलाई सिक्ने मौका दिएका हुन्छन्’ डा. कार्की भने ‘त्यो बिरामीले चिकित्सकमाथि लगाएको गुन हो, त्यो गुनको दायित्व चिकित्सकले कहिल्यै भुल्नु हुँदैन ।’

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले संयुक्त राष्ट्र संघको  दीगो विकास लक्ष्य अन्तर्गत रहेका स्वास्थ्य लक्ष्यहरु पूरा गर्न गराउन एसोसिएसन प्रतिवद्ध रहेको बताए ।

त्यसैगरी, नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले दीगो विकास लक्ष्य पूरा गर्नका लागि सरकारले दिएको निर्देशन अनुसार औषधि व्यवसायीहरुले काम गर्ने जानकारी दिए ।  

कार्यक्रममा युनिसानका अध्यक्ष डा. प्रकाश बञ्जाडेले चिकित्सकले मात्र दीगो विकास लक्ष्यमा तोकिएका स्वास्थ्यका लक्ष्य पूरा गर्न नसक्ने बताए । उनले भने ‘दीगो विकास लक्ष्य पुरा गर्न चिकित्सकको साथै सरोकारवाला र सञ्चार माध्यमले पनि उल्लेख्य भूमिका निर्भाह गर्नु पर्छ ।’ 

कार्यक्रममा डा. जितेन्द्र भण्डारी र डा. रेशा खनालले सयुक्त रुपमा लक्ष्य–३ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा पूरा गर्नु पर्नेगरी १७ वटा दीगो विकास लक्ष्य तोकेको छ । जसका स्वास्थ्यका वुदा समेत रहेको छ ।

कार्यक्रममा युवा चिकित्सकहरु, विभिन्न मेडिकल कलेजका विद्यार्थी, विभिन्न अस्पतालका चिकित्सक तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो । 

Last modified on 2017-06-14 16:46:40

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts