यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या चौतिस पुग्यो, दुई हजारभन्दा बढी बिरामी



Download our app to get more features

साना (यमन), २७ वैशाख । यमनमा हैजाका कारण विगत दुई हप्तामा मृत्यु् हुने नागरिकको सङ्ख्या ३४ पुगेको छ भने दुई हजारभन्दा बढी बिरामी भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । 

“हैजा तथा झाडाबान्तासम्बन्धी समस्याबाट अप्रिल २७ देखि मङ्गलबारसम्म यमनको राजधानी सानासहितका भूभागमा ३४ जनाको मृत्यु भएको र दुई हजार २२ जना बिरामी भएका छन्” डब्लूएचओले भनेको छ । 

यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो । 

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौँ मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन् । लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ । विश्व खाद्य सङ्गठनका अनुसार यहाँका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ । 

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन् । रासस
 

Last modified on 2017-06-14 16:51:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts