सचेतता पूर्वक कर्तव्य निर्वाह गरे बच्चाको भविष्य उज्वल : नवजात शिशु रोग विशेषज्ञ (भिडियो सहित)



Download our app to get more features

फ्नो बच्चा हरेक क्षेत्रमा सक्षम होस् र उसको भविष्य सुन्दर होस् भन्ने चाहाना सबै अभिभावकको हुन्छ । तर विविध कारणले सबैको यस्तो इच्छा पूरा नहुन सक्छ । सबै सरोकारवालाहरुले सचेतता पूर्वक कर्तव्य निर्वाह गर्न सके बच्चाको भविष्य उज्वल हुने तर्क छ, वरिष्ठ नवजात शिशु रोग विशेषज्ञ डाक्टर विनोद कुमार शाहको । 

कुनै पनि बच्चा भविष्यमा कस्तो हुने भन्ने कुरा गर्भमा आए देखि वा सानो उमेरमा हुर्केको परिवेशले निर्धारण गर्छ । बच्चाले आमाकोे मात्र ममता पाए ठुलो हुदा यस्तो ममता सवल बन्न अपर्याप्त हुन्छ । यस अर्थ एक बच्चाको सुन्दर भविष्यको लागि आमा, बुबा, चिकित्सक र सरकारको भूमिक पुरा हुनु जरुरी हुन्छ । 

आमा : बच्चाको बृद्धि र विकास, सँगै भविष्य कस्तो बन्ने बिषयमा धेरै सरोकारवालाको भूमिका रहेपनि सबैभन्दा धेरै प्रभाव भने आमाको रहन्छ । बच्चाको भविष्य कस्तो हुने भन्ने आधा निर्धारण आमाको माया, ममता, स्नेह र कर्तव्यले गर्छ । आमाले बच्चा पेटमा आएदेखि नै उसको स्वास्थ्यको लागि विशेष सावधानी अपनाउनु पर्छ । कुन उमेर समुहमा कस्तो हेरचाह गर्ने वा वातावरण दिने भन्ने कुरामासचेत रहनु पर्छ । बच्चालाई स्वस्थ खानपान र परिवेशको साथै आफ्नो पनि ख्याल राख्नुपर्छ । पेटमा हुँदा समय समयमा विशेषज्ञकोमा स्वास्थ्य परीक्षण गराउनु पर्छ । जन्मने वितिकै बेगोती दुध चुसाई स्नेह पूर्ण भाव पैदा गर्नुको साथै हरेक कुरामा बच्चामैत्री वातावरण सृजन गर्न सक्नुपर्छ ।

बुबा : एउटा स्वस्थ बच्चाको लागि आमाको साथै बुबाको पनि उतिकै जिम्मेवारी रहन्छ । बच्चा र आमालाई पारिवारीक, मानसिक, सामाजिक, आर्थिक हरेक रुपमा सहज वातावरण बनाउने काम बुबाको काँधमा रहन्छ । किनकी आमा त गर्भावस्थामा संवेदनशील चरणमा हुन्छिन भने सुत्केरी अवस्थामा पनि उस्तै । यस बेलामा बुबाको अनुत्तरदायी भूमिका रहेमा आमालाई त तनाव हुन्छ नै यसको असर बच्चामा दीर्घकालिन अवस्थासम्म रहने हुँदा  बच्चाको भविष्यमा अन्योलता छाउन सक्छ ।  

चिकित्सक : भविष्यमा एक असल, नैतिक र स्वस्थ मानिस हेर्न चिकित्सकको पनि भूमिका रहन्छ । बच्चा बिरामी हुँदा बच्चाको स्वास्थका साथै उसको अवस्था र गर्नुपर्ने कर्तव्यप्रति चिकित्सकले अभिभावकलाई राम्रोसँग बुझाउनु पर्छ । बच्चाको स्वास्थ्यमा कुनै पनि कमजोरी राख्नु हुन्न । यस अर्थ चिकित्सकको सानो लापरवाही र असावधानीले बच्चाको भविष्यमा नकारात्मक प्रभाव हुने भएकोले हरक्षण सचेत रहनु पर्छ ।

सरकार : आजका बच्चा भोलीका देशको कर्णधार हुन् । भोली देश समाल्ने जिम्मेवारीमा यीनै बच्चाहरु पुग्ने भएकाले सरकारको भूमिका पनि महत्वपूर्ण रहन्छ । बच्चा उमेर देखि नै उसलाई सत् कर्म र सत् बाटो पहिलाउने परिवेश सृजना गर्न सरकारको अहम भूमिका रहन्छ । सरकारी स्तरबाटा आमा र बच्चाको स्वास्थ्य तथा सुरक्षाको लागि विशेष प्याकेजहरु ल्याउने, परिवार समाजमा जनचेतना अभिवृद्धि गर्ने लगाएतका काम गर्न सके बच्चाको सुन्दर भविष्यको साथै समुन्नत राष्ट्र निर्माणको बाटो खुल्दछ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-14 16:53:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts