धूमपान तथा सुर्तीजन्य पदार्थमा ‘प्लेन प्याकेजिङ’ नियम



Download our app to get more features

काठमाण्डौ, २५ बैशाख । अब नेपालमा बिक्रिबितरण हुने सबै सुर्तीजन्य पदार्थले आफ्नो प्याकेटको सम्पूर्ण भागमा चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने ‘प्लेन प्याकेजिङ’ नियम ल्याउने तयारी गरेको छ ।

आजबाट काठमाण्डौमा सुरु भएको सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले २०१८ सम्ममा यस्तो व्यवस्था गर्न लागिएको बताए । 

‘चित्रात्मक सन्देश नै धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम हो,’ मन्त्री थापाले भने, ‘विश्वमा चेतावनीमूलक सन्देश छाप्ने नियमको सुरुवात र कार्यान्वयनमा नेपाल अग्रस्थानमा रहेको छ ।’

मन्त्री थापाले अहिले ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने नियम रहेको र अब यसलाई बढाएर शतप्रशितमा पु¥याउने बेला आइसकेको बताए । मन्त्री थापाले नसर्ने रोगको प्रमुख कारक धूमपान तथा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि आफू सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालय, जोन्स हप्किन्स ब्लुम्वर्ग स्कुल अफ पब्लिक हेल्थ, द युनियन र एक्सन नेपालको आयोजनामा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिम काठमाण्डौमा आजबाट सुरु भएको हो । 

तालिममा नेपाल, भारत, श्रृलंका, पाकिस्तान, बंगलादेश, अफगानिसतान, भुटान र माल्दििभ्सका सरकारी कर्मचारी, कानुन व्यवसायी, पत्रकार, सिर्तीजन्य पदार्थको नियन्त्रणको क्षेत्रमा लागेका संघसंस्थाहरुमा कायकार्यरत सरोकालवालाहरुको उपस्थिती रहेको छ । तालिममा सार्कराष्ट्रका आठ देशका ७२ जना प्रतिनिधीहरुको उपस्थित रहेको आयोजक संस्था एक्सन नेपालले जनाएको छ । 

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सामुहिक विकास गर्न यो तालिमको आयोजना गरिएको एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले बताए । उनका अनुसार यो तालिमले सहभागीलाई सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि आवाज उठाउन सक्ने र आवश्यक कार्यहरु अगाडि बढाउनलाई मार्गनिर्देश गर्न सघाउने छ।


 

Last modified on 2017-06-14 16:59:23

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts